Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखकाली रवर उद्योगको तामा चार चोर्ने र किन्ने दुवै पक्राउ

१० बैशाख, गोरखा । बिगत लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगको सामान चोरी हुन थालेको छ । मजदुर, कर्मचारी कोही पनि नभएपछि छेउकुनाबाट उद्योगभित्र प्रवेश गरी सामान चोरी हुन थालेको स्थानीयबासीको भनाइ छ ।

Advertisement

‘उद्योग बन्द छ । बन्द भए पनि सुरक्षाको बन्दोबस्त छैन । भद्रगोल छ’, स्थानीय इश्वर परियार भन्छन्, ‘उद्योग पुनसञ्चालन गर्ने भनेर चुनावी मुद्दा बनाउँछन् । चलाउन त चलाउँदैनन्, संरक्षण गर्न पनि सकेनन् ।’ अहिले तीनजना मात्र सुरक्षाकर्मी छन् । ‘त्यत्रो एरिया छ, तीन जना बिचराले के गर्नु’, उनले भने, ‘बाहिरबाट देख्दा झाडीले छोपिएको भएपनि त्यहाँभित्रका सामानहरु सद्दे छन् । तिनको संरक्षण गर्नु अत्यन्त जरुरी छ ।’

अस्तव्यस्त रहेको गोरखकाली रबर उद्योगबाट तामाको तार चोरी गरेको आरोपमा प्रहरीले केही दिनअघि दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भई हाल तनहूँको आँवुखैरेनी गाउँपालिका–३ बस्ने ३० बर्षीय दिलिप गुप्ता र १७ बर्षीय एक बालक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत बिहिबार उनीहरुले उद्योगको मेसिनमा जडान भएको तामाका तारहरु चोरी गरी गुप्तालाई बेचेको थियो । ‘चोरी गरेर ल्याएको भन्ने जान्दा जान्दै गुप्ताले तारहरु खरिद गर्ने गरेको पाइयो,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘त्यसैले चोर्ने र चोरेको सामान खरिद गर्ने दुवैलाई पक्राउ गरेका हौ ।’ गुप्ताको साथबाट चोरी भएका केही तामाका तार समेत बरामद भएको डिएसपी श्रेष्ठले जानकारी दिए । शुक्रबार पक्राउ परेका उनीहरु बिरुद्ध चोरी कसूर शीर्षकमा मुद्दा दर्ता थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राष्ट्रिय सम्पत्ति भएकाले यसको सुरक्षाप्रति जिल्ला प्रशासन संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी भोला दाहालको भनाइ छ । ‘यो राष्ट्रिय सम्पत्ति हो । यसको सुरक्षा र संरक्षण गर्नु राज्यको दायित्व हो’, उनले भने, ‘कसरी संरक्षण गर्न सकिन्छ भन्ने बारे छलफल गरी अघि बढ्छौँ ।’

कहिले बन्द हुने, कहिले सञ्चालन हुने गरेको यो रबर उद्योग गत २०७१ सालको चैत २१ गतेबाट पूर्ण रुपमा बन्द भएको थियो । बन्द भएपछि विभिन्न पार्टीको नेतृत्वमा गठित सरकारले सञ्चालन गर्ने भनेर अध्ययन गर्ने, छाड्ने गरेका छन् ।

बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.