Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको उत्पादनलाई प्रवद्र्धन गर्दै ‘कोसेली घर’

१७ बैशाख, गोरखा । जिल्लाका स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले जिल्ला सदरमुकाममा ‘कोसेली घर’ संचालन गरिएको छ । गोरखा चेम्बर अफ कमर्स र नेपाल ओमन चेम्बरमा आबद्ध सदस्यहरु मिलेर कोसेली घर संचालनमा ल्याएका हुन् ।

Advertisement

गोरखा नगरपालिका वडा नं ६ र ७ को सिमाना बिपिचोक नजिकै रहेको बहुउदेश्यीय भवनमा कोसेली घर नामक पसल संचालन गरिएको संचालक ज्ञानु अधिकारीले बताइन् । ‘गोरखा घुम्न आउने पर्यटकलाई गोरखाको केसेली भनेर दिने कुरा खासै केही छैन,’ नेपाल ओमन चेम्वर गोरखाकी अध्यक्ष समेत रहेकी उनले भनिन्, ‘यहाँको स्थानीय उत्पादन पर्यटकमाँझ चिनाउन र गोरखाको कोसेलीको रुपमा प्रयोग गर्न पनि हामीले कोसेली घर संचालन गरेका हौ ।’

उनका अनुसार कोसेली घरमा स्थानीय खाद्य वस्तु र घरेलु उद्योगमा बनाइएका सामग्रीहरु राखिएका छन् । खाद्यान्नमा धार्चेको आलुदेखि बिभिन्न पालिकाका स्थानीय उत्पादनहरु छन् । स्थानीय स्तरमा उत्पादित  घ्यूँ, मह, तोरीको तेल, चुक, गुन्द्रुक, चाना, मास, लोकल चामाल, मकैको च्याख्ला, कोदोको पीठो, फापर, भटमास, सिमि, तील, सिलाम, आलस, भाङ, बेसार, विभिन्न प्रकारका अचारसँगै हस्तकलाका सामग्रीहरु पनि रहेको उनले जानकारी दिइन् ।

उपभोक्ताको माग अनुसार जिल्लामा उत्पादन हुने सबै खालका खाद्यान्न उपलब्ध गराउदै आएको उनको भनाइ छ । माग बढ्दै गएको बताउँदै उनले भनिन्, ‘बाहिर हाम्रो लोकल उत्पादनको माग धेरै नै छ, तर हामीले माग अनुसारको सामग्री पु¥याउन सकेका छैनौं ।’ पसल संचालन गरेर खाद्यान्न बिक्री गर्नुभन्दा पनि स्थानीय बस्तुलाई ब्रान्डिङ, लेबलिङ गरेर बाहिर निर्यात गर्नु कोसेली घरको प्रमुख उदेश्य रहेको उनले बताइन् ।

‘गाउँमा उत्पादन भएका खाद्यान्न बजार नपाएर खेर गईरहेको छ, यता हामीले भने माग धान्न सकेका छैनौं’, उनले भनिन्, ‘सबै पालिकाहरुले कृषकहरुसँग समन्वय गरिदियो भने उनीहरुको उत्पादन खेर जाँदैन थियो ।’ गत साउन महिनाबाट कोसेली घर संचालन गरिएको बताइएको छ ।

सबै स्थानीय तहसम्म पुगेर स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्य कोसेली घरको रहेको अधिकारीले बताइन् । ‘अब बिस्तारै जिल्लाभित्रको सबै उत्पादनहरुलाई ल्याएर ब्रान्डिङ गरी बजारिकरण गर्ने लक्ष्य छ’, उनले भनिन् ।

स्थानीय सरकारहरुसँग समन्वय गरेर काम गर्न भने समस्या हुने गरेको उनले गुनासो गरिन् ।

शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.