Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

आरुघाटमा उपाध्यक्षको सन्देश लिएर गर्भवतीको घरघरमा पुग्छन् स्वास्थ्यकर्मी

२७ जेठ, गोरखा । गर्भवती र सुत्केरीलाई लक्षित गरी गोरखाको आरुघाट गाउँपालिकाले विशेष स्वास्थ्य सेवा सुरु गरेको छ ।

Advertisement

गर्भवती भएदेखि बच्चा दुई वर्षको नहुँदासम्मका महिलाहरुसँग उपाध्यक्ष भेटघाट भन्दै चालु आर्थिक बर्षबाट विशेष कार्यक्रम लागू गरिएको पालिकाले जनाएको छ । कार्यक्रम अन्तरगत पालिकाभित्र कोही गर्भवती भएमा स्वास्थ्यकर्मीहरु उपाध्यक्षको सन्देश लिएर घर पुग्छन्, गर्भवती हुँदा ध्यान दिनुपर्ने सन्देश लेखिएको ब्यानरसहित ।

‘गर्भवती हुँदा के गर्न हुन्छ के गर्न हुदैन भन्ने कुरा त्यो फ्लेक्समा लेखिएको हुन्छ’ स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले भने, ‘सँगै गर्भवतीलाई दुख नदिनू, गह्रौ भारी बोक्न नलगाउनू, राम्रोसँग हेरविचार गर्नू जस्ता उपाध्यक्षको सन्देश पनि हुन्छ ।’

उक्त फ्लेक्स गर्भवतीको घरको भित्तामा स्वास्थ्यकर्मीहरुले टाँसिदिने र त्यहाँ लेखिएका कुराहरुलाई ध्यान दिन आग्रह गर्ने उनले जानकारी दिए । उनका अनुसार गर्भवती भएको चार महिनामा पोषण सामग्री वितरण हुन्छ । आयोडिनयुक्त नुन एक पोका र राजमा एक केजी उपलब्ध गराइने उनले जानकारी दिए ।

‘प्रोटोकल अनुसार बच्चा जन्मनुअघिको अन्तिम भेटमा मञ्जन, ब्रस, नङकट, साबुन जस्ता सरसफाइका सामग्री दिन्छौं, यी सामग्रीहरु लिन स्वास्थ्य संस्थामा आउनुपर्छ’, उनले भने ।उनका अनुसार सुत्केरी भएर बच्चा जन्मेको ६ महिनापछि सर्वाेत्तम पिठो दिइन्छ । ‘६ महिनापछि आमाको दुध कम आउँछ, आमाको दुधसँगै थप पोषण बच्चालाई चाहिने भएकाले सर्वोत्तम पिठो दिन्छौं । बच्चाको कुपोषण परीक्षणका लागि बच्चाको पाखुरा जाँच गर्छाैं र हरेक महिना बच्चाको तौल पनि लिन्छौं’, थापाले भने ।

बच्चा एक बर्षको पुगेपछि विशेष गिफ्ट दिइन्छ । सरसफाइमा विशेष ध्यान दिन भन्दै तेल, साबुन, निक्याप र स्याम्पु दिइने उनले जानकारी दिए । बच्चा दुई बर्षको पुगेपछि पनि सोही सामग्री उपलब्ध गराउने उनले बताए ।

दुई बर्षभित्र बच्चाको करिव ८० प्रतिशत वौद्धिक विकास हुने भएकाले त्यसैलाई लक्षित गरी यो कार्यक्रम लागू गरिएको पालिकाले जनाएको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहनसँगै मातृ तथा बाल मृत्युदर कम गर्ने लक्ष्य कार्यक्रमको रहेको बताइएको छ । मातृत्व तथा पोषणसँग सम्बन्धित उक्त कार्यक्रमका लागि पालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.