Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा नगरपालिकाको नीति : गोरखा भ्रमण बर्ष २०८१ घोषणा गर्ने

"खादाको सट्टा फुलको प्रयोग "

११ असार, गोरखा । गोरखा नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम ल्याएको छ । सोमवार नगर सभाको १४ औ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख कृष्ण बहादुर राना मगरले यो बर्षलाई गोरखा भ्रमण बर्ष घोषणा गरी पर्यटन कार्यक्रम संचालन गर्ने बताए ।

Advertisement

इतिहासका बिभिन्न घटनाक्रमलाई समेटेर ‘एकीकरणदेखि गणतन्त्रसम्म’ नामक ऐतिहासिक पार्क निर्माण गरिने उनले जानकारी गराए । कृहिरे भीर क्षेत्रमा गोरखा जिल्लाको नक्सासहितको ‘गोरखा’ उल्लेख गरिएको क्षेत्र निर्माण गर्ने नगरपालिकाको योजना छ । आगामी बर्ष ठुलोआँगन, पोखरीथोक, छिपिटोल, पाटेचौर लगायतका क्षेत्रमा सम्पदा वस्ती निर्माणको थालनी गरिने बताइएको छ ।

नगरभित्रका सबै जातजातिको जीवनशैलीको संरक्षण, सम्वद्र्धनका लागि जीवित संग्रहालय निर्माण गरिने मगरले बताए । ‘शहीदलखन गाउँपालिकाको सहकार्यमा छोटेलुदी तालको सम्भाव्यता अध्ययन गरिनेछ,’ उनले भने, ‘पुरातत्व बिभागसँगको समन्वय र सहकार्यमा गोरखा बजारको पदेँलीस्थित रानीपोखरीमा पानी निकासको लागि व्यवस्थापन गरिने छ ।’

पस्लाङ, बिरिमकाली, बेनीखोला, कुमाल वस्ती, सातधुरे, गैरीकुवाँ, गोर्वुङ, आमडाँडा लगायतका वस्तीमा होमस्टे बिकासको निम्ति कार्यक्रमहरु संचालन गरिने उनले जानकारी दिए ।

छेवेटार (ठुटे बजार) बहुउदेश्यीय ताल निर्माण आयोजना संचालन गर्ने, बोकोर्लाेक ताल, बेनीखोला ताल, भुत्याहा छाँगो आमडाँडा बगैचा पार्क र पश्चिमकाली क्षेत्रको सम्भाव्यता अध्ययन गरि डिपिआर तयार गर्ने पालिकाको योजना छ । गुरु गोरखनाथको प्रतिमूर्ति सहितको पार्क निर्माण कार्य अघि बढाइने बताइएको छ ।

बिद्यालयमा जंक फुड बिक्री वितरण निरुत्साहित गर्ने र दिवा खाजाका लागि स्थानीय उत्पादनलाई जोड दिने नीति नगरको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिकालाई सामुदायिक बिद्यालयमा पढाउनुपर्ने नीति कार्यान्वयनलाई अनिवार्य गरिने, निजी तथा सामुदायिक बिद्यालयहरुमा ‘बुक फ्री फ्राइडे’ अभियान संचालन गरि बालबालिकालार्य ‘पढ्दै कमाउँदै’ कार्यक्रम संचालन गर्ने भनिएको छ । नगरपालिकामा एक गोरखा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने योजना पनि नगरको छ ।

तारानगर स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालको रुपमा स्तरोन्नती गरिने, नगरभित्रका गर्भवती, सुत्केरी, अति विपन्न, असहाय जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई गोरखा अस्पतालसम्म निशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराइने र रिफर भएका सुत्केरीलाई काठमाडौं, भरतपुर, पोखरासम्म निशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिने नीति नगरले ल्याएको छ । नगरपालिका आफैले शव वहानको व्यवस्था गर्ने भनिएको छ ।

‘एक खेत एक व्यवस्थित मुहान’ सहितको सिंचाई कुलो निर्माणको नीति नगरले लिएको छ । व्यवसायिक खेति गर्न चाहने किसानलाई जग्गा भाडामा अनुदानको व्यवस्था गरिने र बाँदर नियन्त्रणको लागि बिशेष योजना संचालन गरिने बताइएको छ । हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दै रासायनिक मलको डिपो संचालनका लागि आवश्यक पहल गरिने नगर प्रमुख मगरले बताए । उनका अनुसार खोलखोलेदेखि पुरानो बसपार्कसम्मको बजार क्षेत्रमा सडक चौडा गरि दायावाया नाला सहितको स्तरीय फुटपाथ निर्माण गरिने छ ।

खोलखोले क्षेत्रको सार्वजनिक जग्गा प्रयोग गरि टुरिष्ट बसपार्क निर्माण गर्ने, वडा नम्वर ६ र ८ को सिमाना धनुवासेमा घ्याम्पेसाल आरुघाट बस पार्किङ स्थल निर्माण गर्ने र ठिगुरेस्वाँरामा ल्याण्डपुलिङ सहितको व्यवस्थित बसपार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गरि निर्माण कार्यको थालनी गर्ने नगरको नीति छ ।

खादा प्रयोगमा बन्देज गरि स्थानीय फुलको प्रयोगलाई बढवा दिने नीतिले आगामी बर्ष पनि निरन्तरता पाउने भएको छ । प्लाष्टिकका झोलाको प्रयोगमा पनि बन्देज लगाइने भएको छ । कपडाको झोला प्रयोग गर्ने बानीको बिकास गरिने बताइएको छ । रामशाह घाटमा नगरवासी परिवारको मृतकको शव तथा असाहाय वेवारिसे शव दहनको लागि आवश्यक दाउरा निशुल्क उपलब्ध गराउने कार्यले आगामी बर्ष पनि निरन्तरता पाउने नगर प्रमुख मगरले बताए ।

मङ्गलबार, असार ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.