Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखकाली र गोरखनाथ मन्दिरको भेटी व्यवस्थापन गरिने

९ भदौ, गोरखा । यसअघि पुजारीले आफू खुशी प्रयोग गर्दै आएको गोरखकाली र गोरखनाथ मन्दिरको भेटी व्यवस्थापन गरिने भएको छ । शनिवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले भेटी व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।

Advertisement

मन्दिरको भेटी तथा प्रसाद व्यवस्थापनका लागि कार्यविधि तयार गरी लागू गर्न गोरखा दरवार हेरचाह अड्डालाई अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ भोला दाहालले बताए । ‘गोरखकाली मन्दिर र गुरु गोरखनाथ क्षेत्र व्यवस्थापन समिति पनि गठन गर्छाै,’ उनले भने, ‘त्यसका लागि दरवार हेरचाह अड्डा मार्फत सम्बन्धित निकायमा अनुरोधका लागि लेखि पठाउने निर्णय गरेका छौ ।’

मन्दिरको पुजा र पुजारी व्यवस्थापन एवं कार्यालय व्यवस्थापनलाई समयानुकुल सुधार गर्दै लैजाने जिम्मेवारी दरवार हेरचाह अड्डालाई दिइएको छ । गोरखकाली र गोरखनाथ पुजाको व्यवस्थापकीय सुधारका लागि सुझाव दिन प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चुडानिधी तिवारीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा होम सिं बस्न्यात, नरेन्द्र ढकाल, मोहनलाल श्रेष्ठ, राजेन्द्र कुमार जोशी, सुरेशमान श्रेष्ठ र कृष्णकुमार श्रेष्ठ रहेका छन् । उक्त समितिले १५ दिनभित्र सुझाव तयार गरी गोरखा दरवार हेरचाह अड्डालाई बुझाउनुपर्ने बताइएको छ ।

बैठकमा गोरखा दरवार हेरचाह अड्डाका प्रमुख बिष्णु पाठकले भेटी संकलनका लागि मन्दिरमा दुई वटा दान पेटिका रहेको बताए । उक्त दान पेटिकामा संकलन भएको रकम दरवारका मूल पुरेत एवं नासु शारदा भट्टराई, खरिदार (भित्रिया सुसारे) लालबहादुर खनखवास र अनिल अम्गाईको संयुक्त नाममा खेलिएको बैक खातामा जम्मा गरिदैँ आएको उनले जानकारी दिए । ‘दान पेटिका भरिएपछि हामी नेपाली सेना, नेपाल प्रहरी, प्रशासन कार्यालयका कर्मचारी, गोरखा दरवार हेरचाह अड्डाका कर्मचारी लगायतको रोहवरमा खोल्छौ र त्यहाँको रकम अघि भनेको बैंक खातामा जम्मा गर्छाै,’ उनले भने ।

२०६२\६३ यता मन्दिरको पुजाको सन्दर्भमा बजेट कटौती हुदैँ आएको बताउँदै उनले थपे, ‘बजेट कटौती भएका शिर्षक र तत्काल गर्नुपर्ने कार्यलाई निरन्तरता दिन दान पेटिकाको रकम प्रयोग गर्दै आएका छौ ।’ पुजा सामग्री खरिदमा राज्यले छुट्याएको बजेट अपुग भएमो समेत दान पेटिकाको रकम खर्च गर्ने गरेको पाठकले जानकारी दिए । उनका अनुसार उक्त खातामा हाल ९ लाख ४० हजार रकम मौज्दात रहेको छ ।

गत बर्षको तुलानामा यो बर्ष गोरखा दरवार हेरचाह अड्डामा निकै कम रकम विनियोजन भएको छ । गत आर्थिक बर्ष २०८०÷८१ मा २५ लाख रकम विनियोजन भएपनि चालु आव २०८१\८२ मा १० लाख ३५ हजार रकम मात्र विनियोजन भएको अड्डा प्रमुख पाठकलले बताए । ‘हामीले यो बर्ष २७ लाख ५० हजार रकम माग गरेर पठाएका थियौ, तर रकम धेरै घटेर आयो । बिभिन्न निकायसँग समन्वय गरेर पुरातत्व बिभागमा पत्राचार समेत गरेका छौ, बिभागले आन्तरिक स्रोतबाट पुगेन भने अर्थमा लेखेर पठाउँछौ तर दायित्वको शिर्षकको रकम रोक्दैनौ भनेपछि केही आशा पलाएको छ,’ उनले भने ।

हाल दरवारमा २८ जना स्थायी, २२ जना करार र १५ जना दैनिक ज्यालादारीका कर्मचारी रहेको उनले जानकारी गराए । दान पेटिका बाहेक मन्दिरमा भक्तजनले चढाएको भेटी भने पुजारीहरुले आफूखुशी बाड्ने गरेका छन् ।

कार्यक्रममा सहभागी अधिकांशले व्यवस्थापन समिति निर्माण गरेर मन्दिरको भेटी व्यवस्थापन गर्न सुझाव दिएका थिए ।

जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाले कालिका र गोरखनाथबीच भएको विभेद अन्त्य गर्नुपर्ने बताए । पुजारी आचारसंहिता बनाएर लागू गर्न उनले सुझाए ।

मेयर कृष्ण रानाले बिकास समिति मार्फत मन्दिरको पुजा संचालन गर्न सकेमा उपयुक्त हुने बताए । गोरखा दरवार, संग्रहालय र गोरखनाथको जिम्मेवारी स्थानीय मातहतलाई नदिदा समस्या भएको उनको भनाइ छ ।

गोरखनाथका पुजारी इश्वरनाथ योगीले निकै कम पारिश्रमिकमा काम गर्नुपरेको गुनासो गरे ।

प्रमुख जिल्ला अधिकारी दाहालले भेटी व्यवस्थापनसँगै पुजारीको पारिश्रमिक बढाउनुपर्ने र अपुग भए स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै होम सिं बस्न्यातले पुजारीहरुले पनि राजनीतिक आस्थाको आधारमा भक्तजनमाथि विभेद गर्ने गरेको आरोप लगाए । गोरखनाथ मन्दिरको ढोका खुल्ने समय पुजारी अनुसार फरक पर्ने गरेको भन्दै समयमै भक्तजनका लागि ढोका खोल्ने वातावरण मिलाउन उनले आग्रह गरे ।

बैठकले गोरखा नगरपालिका वडा नम्वर ६ मा गोरखनाथ पार्क निर्माणका लागि गोरखा दरवार हेरचाह अड्डा मार्फत पुरातत्व बिभागलाई डिजाइन लगायत स्टमेट तयार गरिदिन आग्रह गर्ने निर्णय समेत गरेको छ ।

आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.