Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

भरिन थाले गोरखा सदरमुकामको बहुउद्देश्यीय भवनका सटरहरु

११ भदौ, गोरखा । करिव तीन बर्षदेखि खाली रहदैँ आएको बहुउदेश्यीय भवनका सटरहरु भरिन थालेका छन् । जिल्ला सदरमुकामको विपिचोक नजिकै बनेको उक्त भवनका अधिकांश सटरहरु अहिले भाडामा गइसकेको नगरपालिकाले जनाएको छ ।

Advertisement

कुल ३६ वटा सटरमध्ये २२ वटा भाडामा गइसकेको कार्यालयकी राजश्व शाखा प्रमुख शोभा दवाडीले बताइन् । ‘अहिले १३ वटा सटरमात्र खाली छन्,’ उनले भनिन्, ‘एउटा सटरमा भने भाडा नतिरेकाले ताला लगाइदिएका छौ ।’ सटर भाडामा लिएका व्यवसायीहरुसँग धरौटी स्वरुप तीन महिनाको भाडा अग्रिम लिएर बार्षिक सम्झौता भएको उनले जानकारी दिइन् ।

उनका अनुसार सटर अनुसार मासिक चारदेखि दश हजारसम्म भाडा निर्धारण गरिएको छ । ‘ए, बि, सि, डि भनेर ब्लक छुट्याएका छौ, त्यही अनुसार भाडादर तोकिएको छ,’ उनले भनिन् । होटल, रेष्टुरेष्ट, चटपट, कोसेली घर, सिलाई कटाई, कस्मेटिक, सैलुन लगायतका व्यवसायले सटरहरु भरिएको उनले बताइन् ।

यसअघि ठेक्कामा दिदै आएपनि यो बर्षबाट नगरपालिका आफैले व्यवसायीहरुसँग व्यक्तिगत रुपमा सम्झौता गरेको हो । ‘यो बर्षपनि हामीले दुई पटक ठेक्का आव्हान ग¥यौ तर कसैले पनि ठेक्का हालेनन्,’ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले भने, ‘त्यसैले नगरपालिका आफैले सटर भाडामा लिने प्रत्येक व्यवसायीसँग छुटाछुट्टै सम्झौता गरेको हो ।’ नगर उपप्रमुखको संयोजकत्वमा बनेको राजश्व परामर्श समितिले उक्त निर्णय गरेको र नगर सभाबाट पास भएपछि कार्यान्वयन गरिएको उनले जानकारी दिए ।

बजार क्षेत्रको व्यापार व्यवसायलाई व्यवस्थित गर्ने उदेश्यका साथ नगर बिकास कोष काठमाण्डौको साझेदारीमा गोरखा नगरपालिकाले व्यापारिक प्रयोजनका लागी उक्त भवन निर्माण गरेको हो । करिव साढेँ पाँच करोडको लागतमा उक्त भवन बनेको हो । कुल लागतको ९० प्रतिशत नगर बिकास कोषको ऋण अनुदान, ७.५ प्रतिशत नेपाल सरकारको अनुदान र २.५ प्रतिशत गोरखा नगरपालिकाको लगानी रहेको बताइएको छ ।

नगरपालिकाका अनुसार २०७६ साल मंसिर २ गते सिनर्जी क्रिश्चल सचेत जेभीसँग सम्झौता गरेर भवन निर्माणको काम शुरु भएको हो । एक बर्षमै काम सक्ने गरी सम्झौता भएपनि विभिन्न कारण देखाइ ठेकेदारले २०७८ साल असार मसान्तमा मात्र काम सकेको थियो ।

भवन संचालनका लागी नगरपालिकाले पहिलो पटक २०७८ साल कात्तिक १० गते ठेक्का आव्हान गरेको थियो । नविना निर्माण सेवाले ठेक्का पाएपनि सम्झौता गर्न नआएपछि गोरखा नगरपालिका–८ निवासी अन्जन खत्रीसँग सम्झौता भयो । २०७८ साल फागुन १ गतेदेखि लागू हुने गरी तीन बर्षका लागी मासिक ३ लाख २९ हजार नगरपालिकालाई बुझाउने गरी खत्रीसँग सम्झौता भएपनि अधिकांश सटर खाली बसे । ३६ वटा सटरमध्ये दशवटा मात्र भाडामा गयो । खत्रीलाई गोरखा नगरपालिकालाई रकम बुझाउन समेत मुश्किल प¥यो ।

अन्ततः उनी र नगरपालिका बीचको ठेक्का सम्झौता एक बर्षमै तोडियो । त्यसयता भवन भाडामा लगाउन टेण्डर आव्हान गरेपनि ठेक्का नपरेको नगरपालिकाले जनाएको छ । भाडा महँगो भएको भन्दै व्यवसायी नआएपछि अहिले नगरपालिकाले भाडा समेत घटाएको छ । भाडादर घटेसँगै सटरहरु भरिन थालेको बताइएको छ ।

मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.