Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा र चितवन जोड्ने त्रिशुली नदीमाथि बेलिब्रिज निर्माण

१९ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने त्रिशुली नदीमाथि बेलिब्रिज निर्माण भएको छ । वुटारमा निर्माणाधिन १०० मेघावाट क्षमताको सुपर त्रिशुली जलबिद्युत आयोजनाको निर्माण सामग्री ढुवानीको सहजताका लागि उक्त ब्रिज बनाइएको हो ।

Advertisement

गोरखा सडक योजनाको समन्वयमा ब्लु इनर्जी प्रालिले निर्माण गरेको उक्त बेलिब्रिजको वुधवार उद्घाटन गरिएको छ । गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना र इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले एक कार्यक्रमकाबीच संयुक्त रुपमा ब्रिजको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रालिका निर्देशक निरन्जनकुमार रेग्मीले १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरिएको बताए । उनका अनुसार पुलको लम्वाई ११६ मिटर र चौडाई ४.२ मिटर रहेको छ । ‘यो ब्रिज २० टन भारवहन क्षमताको छ,’ उनले भने, ‘एक पटकमा एउटा गाडी मात्र आउजाउ गर्न मिल्छ ।’ चार महिनामा पुल निर्माणको काम सम्पन्न भएको र वुधवारबाट सवारी आउजाउ खुल्ला गरिएको उनले जानकारी दिए ।

उक्त पुलबाट गण्डकी गाउँपालिकाको ताङ्लीचोक, मकैसिङ, भुम्लिचोक लगायतका स्थानीय बढी लाभान्वित हुने बताइएको छ । सो क्षेत्रमा उत्पादित कृषि उपजको ढुवानीमा समेत सहज हुने अपेक्षा गरिएको छ । यसअघि झोलुङ्गे पुलबाट बोकाएर ल्याउनुपर्ने बाध्यता रहेपनि अवका दिनमा पुल मार्फत गाडीबाटै ढुवानी गर्न सकिने बताइएको छ ।

उक्त पुल मार्फत मकैसिङ, नाम्जुङ आहाले हुदैँ गोरखा सदरमुकाममा पनि पुग्न सहज र दुरीको हिसावले छोटो हुने पालिकाले जनाएको छ ।

शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.