Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

डेढ बर्षदेखि किसानले पाएनन् पशु चौपायाको क्षतिपूर्ति, निर्देशनालयमै अड्कियो बजेट

वन्यजन्तुले घरपालुवा पशुचौपायामा पु¥याएको क्षति वापत पाउनुपर्ने राहत रकम जिल्लाका किसानले विगत डेढ बर्षदेखि पाएका छैनन् । वन निर्देशनालय पोखराले रकम निकासी नगर्दा किसानले राहत नपाएका हुन् ।

Advertisement

राहत रकम वितरणका लागि चालु आर्थिक बर्ष संघीय सरकारबाट एक करोड र प्रदेशबाट ७८ लाख रकम विनियोजन भइसकेको वन तथा वातावरण मन्त्रालय पोखराका सूचना अधिकारी राजेश पौडेल बताउँछन् । उक्त रकमको अख्तियारी वन निर्देशनालयमा समेत गइसकेको उनले जानकारी गराए । ‘साउन १ गते नै निर्देशनालयमा रकम गइसकेको छ,’ उनले भने, ‘रकम वितरण हुनुपर्ने हो ।’

तर निर्देशनालयले हालसम्म रकम वितरण गरेको छैन ।

गत बर्षबाटै रकम नआएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । ‘यसअघि राहत रकम बाढ्ने जिम्मा राष्ट्रिय निकुञ्जलाई थियो,’ कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले भने, ‘गत बर्षबाट हाम्रो कार्यालयलाई जिम्मेवारी दिएको हो ।’ वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८० ले अधिकार प्रत्यायोजन गरेपनि राहत रकम वितरण हुन नसकेको उनले जानकारी दिए ।

उनका अनुसार राहत रकम माग गर्दै गत आव दुई सय तीन जना किसानको निवेदन परेको छ । ‘उनीहरुको कुल २ सय ७६ वटा पशुचौपायामा वन्यजन्तुले क्षति पु¥याएको रहेछ, सो वापत उनीहरुले २६ लाख तीन हजार राहत रकम पाउनुपर्ने छ,’ उनले भने ।

उनका अनुसार राहत रकम माग गर्दै चालु आव पनि २५ वटा निवेदन परिसकेको छ । किसानले तीन लाख दश हजार क्षतिपूर्ती रकम माग गरेका छन् । यो तथ्याङ्क अनुसार पीडित किसानले हालसम्म करिव तीस लाख क्षतिपूर्ती रकम पाउनुपर्ने भइसक्यो । निवेदन थपिने क्रम जारी छ । तर रकम वितरण भएको छैन ।

जिल्लामा अधिकांश चितुवाको आक्रमणबाट पुशचौपायामा क्षति पुग्ने गरेको छ । निर्देशिका अनुसार वन्यजन्तुको आक्रमणबाट भैसी, राँगो वा गोरु, उन्नत जातको गाई, घरपालुवा चौरी, घोडा, खच्चड मरेमा मूल्यांकनको आधारमा प्रति पशु ६० हजार रुपैया क्षतिपूर्ती पाउने व्यवस्था छ ।
अन्य पशुको हकमा बढीमा दश हजारसम्म राहत पाउने व्यवस्था छ । माछा वा कुखुराको हकमा मूल्यांकनको आधारमा बर्षको एकपटक बढीमा दश हजार पाउने व्यवस्था रहेको बताइएको छ । तर लामो समयदेखि राहत रकम नपाउँदा किसानहरु मर्कामा परेका छन् ।

यता वन निर्देशनालय पोखराका प्रमुख इन्द्रप्रसाद अधिकारीले कार्यविधिमा केही समस्या भएकाले ढिलाइ भएको बताए । ‘रकम आइसकेको छ, तर कार्यविधिमा केही समस्या थियो,’ उनले भने, ‘एक चरणमा मन्त्रालयसँग छलफल भएर मन्त्रालयबाट चिठी समेत आइसकेको छ, अव वितरण हुन्छ ।’

राहत रकम वितरणको प्रक्रिया सुरु भइसकेको भन्दै अव केही दिनमै रकम निकासा हुने उनले जानकारी गराए । ‘नयाँ डाइरेक्टर भोली आउनुहुन्छ, उहाँ आएपछि एक चरणको बैठक बसेर रकम वितरण प्रक्रिया अघि बढाउँछौ,’ अधिकारीले भने ।

बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.