Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

उत्तरी गोरखाको धार्चेमा पाँच शैयाको आधारभूत अस्पताल निर्माण

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच शैयाको आधारभूत अस्पताल निर्माण भएको छ । देशभरका सबै पालिकामा आधारभूत अस्पताल बनाउने सरकारको योजना अनुरुप वडा नम्वर ३ खोर्लावेशीमा अस्पताल निर्माण भएको हो ।

Advertisement

स्वीजरल्याण्डको अर्थ सी एयर नामक संस्था र पालिकाको साझेदारीमा अस्पताल भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए । ‘उक्त संस्थाको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत लागत सहभागीतामा अस्पताल बनेको हो,’ उनले भने, ‘कुल लागत दुई करोड २८ लाख हो ।’ भवनमा पाँच वटा ब्लक रहेको उनले जानकारी दिए ।

अस्पताल निर्माणका लागि २०७६ साल असोज १२ गते छाया नेपाल र पालिकाबीच सम्झौता भएको थियो । पालिकाका अनुसार भवन निर्माण कार्य गत बर्ष सम्पन्न भएको हो । ‘भवन बनेपनि अस्पतालका लागि आवश्यक उपकरण खरिद र जडान गर्ने काम बाँकी थियो, त्यो काम यो बर्ष सम्पन्न भयो,’ सुनारले भने ।

अस्पतालको वुधवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सांसद शुशिला सिंखडा र पालिका अध्यक्ष लक्ष्मण गुरुङले संयुक्त रुपमा अस्पतालको उद्घाटन गरेका हुन् ।

सो अस्पतालमा २४ घण्टा इमरजेन्सी सेवा, सामान्य चिकित्सा सेवा, ओपिडी सेवा, प्रसुति सेवा, ल्याव सेवा, भ्याक्सिनेसन सेवा, दन्त सेवा, इसिजी, एक्स–रे, भिडियो एक्स–रे, फार्मेसी सेवा उपलब्ध हुने बताइएको छ । पोष्टमार्टम र शव परीक्षण सेवाहरू पनि उपलब्ध हुने पालिकाले जनाएको छ ।

पालिकाका अनुसार अस्पतालको जनशक्तिको रुपमा हाल दुई जना मेडिकल अफिसर, तीन जना स्टाफ नर्स, तीन जना हेल्थ असिस्टेन्ट, एक जना रेडियोग्राफर, एक जना फार्मेसी एसिस्टेन्ट, एक जना ल्याव टेक्निसियन, एक जना डेन्टल हाइजिनिक र चार जना कार्यालय सहयोगी रहेका छन् ।

आधारभूत अस्पताल निर्माण भएसँगै अहिले धार्चेसँगै चुमनुव्रीका स्थानीयलाई पनि स्वास्थ्य सेवा लिन निकै सहज हुने अपेक्षा गरिएको छ । ‘यसअघि हाम्रो पालिकामा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइबाट आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुदैँ आएको थियो । त्यो बाहेकको अन्य उपचारका लागि आरुघाट की गोरखा बजार जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अव त्यो बाध्यता पनि हट्यो ।’

अस्पतालको क्षेत्रफल ९ रोपनी ९ आना रहेको उनले जानकारी दिए ।

शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.