Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

माछीखोला जलबिद्युतको काम तत्काल रोक्न धार्चे गाउँपालिकाको आग्रह

उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्वर ३ र ५ जोड्ने रेसे खोलामा बन्न लागेको १६ मेगावाटको माछीखोला जलबिद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न पालिकाले आग्रह गरेको छ । वातावरण प्रभाव मुल्याकंनको मापदण्ड विपरित जथाभावी उत्खनन गरेको भन्दै पालिकाले काम बन्द गर्न भनेको हो । सम्बन्धित निकायबाट अनुमति समेत नलिएको पालिकाले जनाएको छ ।

Advertisement

‘क्याम्प बनाउन भन्दै रेसे खोलामा अहिले जथाभावी डोजर लगाएको छ,’ पालिका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘अस्ति अनुगमन गर्न जादाँ पहिले माथिबाट डोजरले खनेर पछि फेरी तलबाट खनेको देखियो ।’ यसरी जथाभावी डोजर लगाउँदा माछिखोला रेसे सडकमा क्षति पुगेको र सिङ्ला गाउँ र माछिखोला बजारमा पहिरो जोखिम बढेको उनले बताए । उनले भने, ‘यसरी मनपरी डोजर लगाउँदा बर्षायाममा पहिरो जान सक्ने सम्भावना भएकाले माथिल्लो क्षेत्रमा रहेको सिङ्ला गाउँ र तल रहेको माछिखोला बजार पहिरोको जोखिममा परेको छ ।’

आयोजनाको डिपिआर अध्ययन गरी जोखिममुक्त तथा न्यूनिकरणको विश्वास सुनिश्चित नभएसम्म निर्माण कार्य अघि नबढाउन पालिकाले भनेको छ ।

जथाभावी डोजर लगाएर प्राकृतिक स्रोत साधनको दोहन एवं वन क्षेत्रमा हानी नोक्सानी पु¥याउने काम आयोजनाले गरेको पालिकाले जनाएको छ । सम्बन्धित निकायको स्वीकृती विना उक्त काम भएको भन्दै उनले आपत्ति जनाए । ‘वन मन्त्रालय लगायतका सम्बन्धित सबै निकायबाट स्वीकृती नलिई डोजर नचलाउनु भनेर पत्राचार समेत गरेका थियौ, तर अटेर गर्नुभयो,’ गुरुङले भने, ‘उहाँहरुले जथाभावी डोजर लगाउँदा गत बैशाखमा रेसेफाँटमा पहिरो गएर पाँच जनाको ज्यान समेत गयो ।’ उक्त पहिरोमा घाइते भई हाल उपचाररत दुई जनाले हाइड्रोबाट उपचार खर्च समेत नपाएको भनी पालिकामा निवदेन समेत परेको उनले जानकारी गराए ।

स्थानीय सरकार र सरोकारवालासँग आवश्यक छलफल र समन्वय गरेर मात्र अघि बढ्न पालिका अध्यक्ष गुरुङले सुझाव दिएका छन् । स्थानीय सरकार संचालन ऐन २०७४ मा प्राकृतिक स्रोत साधन तथा वन जंगलको संरक्षण, अनुगमन तथा नियमन गर्ने अधिकार स्थानीय तहलाई रहेको पालिकाले जानकारी समेत गराएको छ ।

आयोजनाका कृष्ण आचार्यले मन्त्रीपरिषदबाट अनुमति लिएर काम अघि बढाएको बताए । ‘वातावरण प्रभाव मूल्याकंन (इआइए) र बिद्युत खरिद सम्झौता (पिपिए) गरिसकेका छौ,’ उनले भने, ‘एक दुई वटा कुरा बाँकी होला, त्यस बिषयमा प्रोजेक्ट म्यानेजरसँग कुरा गरेर एक÷दुई दिनमा पालिकाको पत्रको जवाफ दिन्छौ ।’

वाटर इनर्जी डेभलपमेन्ट प्रालि काठमाडौंले उक्त क्षेत्रमा जलबिद्युत आयोजना निर्माण गर्न लागेको हो ।

 

मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.