Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा लोकल रक्सी ब्राण्डिङ : गण्डकीमा सुरु, अजिरकोटमा अन्तिम तयारी

गण्डकी गाउँपालिकाले घरेलु मदिरा (लोकल रक्सी) लाई ब्राण्डिङ गर्न सुरु गरेको छ । ‘गण्डकी ब्राण्ड’ नाम दिएर स्थानीय बजारमा विक्री वितरण समेत सुरु भइसकेको छ ।

Advertisement

मदिरा उत्पादन र ब्राण्डिङको जिम्मा पालिकाले महिला समूहलाई दिएको छ । हाल वडा नम्वर २ को जलकन्यादेवी कृषक समूह र वडा नम्वर ६ चिसापानीको महिला समूहले लोकल रक्सी उत्पादन र ब्राण्डिङको काम गरिरहेका छन् ।

उनीहरुलाई पालिकाले आवश्यक तालिम र घरेलु मदिरा उत्पादनका लागि आवश्यक भाडाकुडा वितरण गरेको हो । ‘कोदो र रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तरगत उनीहरुलाई कोदो उत्पादन सम्बन्धी तालिम दियौ,’ उनले भने, ‘रक्सी बनाउने भाडाकुडासँगै वोत्तल र स्टीकर पनि दिएका छौ ।’ कोदो उत्पादन गरेर ती समूहमा बेच्नेलाई प्रति केजी ५ रुपैया अनुदान रकम पालिकाबाट उपलब्ध हुदैँ आएको उनले जानकारी दिए ।

ती समूहरुले आफै रक्सी उत्पादन गर्छन् । शुद्ध कोदो र जडिवुटी मिसाएर उत्पादन गरिएको रक्सीलाई मेसिनमा राखेर अल्कोहलको मात्रा नापिन्छ । अनि लेवल ठिक भए त्यसलाई ब्राण्डिङ गरेर बोत्तलमा राखिन्छ । अनि बाहिर ‘गण्डकी ब्राण्ड’ नामको स्टीकर राखेर बजारमा लगिन्छ ।

शुद्ध कोदो र जडीवुटी मात्र राखेर रक्सी उत्पादन हुने गरेको वडा नम्वर २ का अध्यक्ष यमबहादुर थापाले बताए । ‘धेरैजसो रक्सी महिला समूह आफैले पार्नुहुन्छ, अन्तबाट पनि किनेर ल्याउछन् तर शुद्ध कोदो र जडिवुटीको मात्र भए किन्छन्, तर मिसावट वाला लिदैनन्,’ उनले भने । उक्त समूहले उत्पादन गरेर ब्राण्डिङ गरेको रक्सी पातिस्वाँरा मनमोहक होम स्टे सँगै पालिकाभित्र बिक्री वितरण हुने गरेको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार स्थानीय स्तरमा उत्पादित कोदो अपुग हुने गरेको छ । शहिद लखन गाउँपालिकाबाट कोदो किनेर ल्याउने गरेको उनले बताए ।

ब्राण्डिङ गरिएको रक्सी बेनिघाट, हाइवे, लगायतका ठाउँमा बिक्री हुने गरेको छ । बाहिरी जिल्लामा ढुवानीका लागि बैधानिकता नपाएकाले पनि समस्या भएको उनको गुनासो छ । मगरात होम स्टेले पनि लोकल रक्सीलाई ब्राण्डिङ गरेर बेच्न सुरु गरेको उनले जानकारी दिए ।
बाहिरबाट आउने अखाद्य पदार्थ मिसिएको रक्सी नियन्त्रणमा लागि लोकल रक्सीलाई ब्राण्डिङ गर्न थालिएको पालिकाले जनाएको छ ।

यता अजिरकोट गाउँपालिकाले पनि लोकल रक्सीको ब्राण्डिङ गर्ने अन्तिम तयारी गरेको छ ।

कानून सम्वत रुपमा जान खोज्दा केही समस्या भएकाले पालिकाले केही मापदण्ड र कार्यविधि बनाएर अघि बढेको पालिका अध्यक्ष दिपक देवकोटाले बताए । ‘होम स्टे लाई यसको जिम्मा दिने हो,’ उनले भने, ‘केही टिमलाई अध्ययन अवलोकनमा समेत लगिसकेका छौ, अव केही समयपछि उत्पादन सुरु हुन्छ ।’ अजिरकोट ब्राण्ड नाम राखेर बजारमा ल्याइने उनले जानकारी दिए ।

ब्राण्डिङका लागि होम स्टेहरुलाई बोत्तल र स्टिकर सहयोग गरिने बताइएको छ । माघ महिनासम्म ब्राण्डिङ गरेर स्थानीय बजारमा घरेलु मदिरा आउने पालिका अध्यक्ष देवकोटाले जानकारी गराए ।

आइतबार, पुष २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.