Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बाँदर धपाउन गोरखा शहिद लखनका किसानलाई अनुदानमा गुलेली

बाँदरले दुःख दिन थालेपछि शहिद लखन गाउँपालिका वडा नम्वर ४ ले गुलेली विक्री गर्न थालेको छ । गत बर्षबाट किसानलाई अनुदानमा बाँदर धपाउने गुलेली बिक्री गर्न थालिएको वडाध्यक्ष यमबहादुर थापाले बताए ।

Advertisement

‘गत बर्षदेखि नै हामीले यो काम सुरु गरेका हौ,’ उनले भने, ‘यो बर्ष पनि निरन्तरता दिएका छौ ।’ हालसम्म ६० वटा भन्दा बढी गुलेली बिक्री भइसकेको उनले जानकारी दिए । उनका अनुसार गुलेली किन्नेमा अधिकांश वडाकै किसान छन् । इच्छाकामना, गण्डकी लगायतका पालिकाबाट पनि किसानहरु आउने गरेको उनको भनाइ छ । वडावासीका लागि मूल्यमा ७० प्रतिशत अनुदान दिइएको छ । एउटा गुलेली किन्न वडावासीले पाँच सय रुपैया तिरे पुग्छ । अन्यको हकमा भने एक हजार रुपैया मूल्य निर्धारण गरिएको वडाध्यक्ष थापाले बताए ।

गुलेली बनाउने जिम्मा वडाका चार जना युवालाई दिइएको छ । तीलबहादुर थापा, टेकबहादुर थापा, उत्तम थापा र होम बहादुर थापाले जिम्मेवारी पाएका हुन् । उनीहरुमध्ये तीन जना बैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

वडाध्यक्षको योजनामा आफूहरुले सहकार्य गरेको तिलबहादुर थापाले बताए । ‘वडाध्यक्षले योजना ल्याउनुभयो हामीले हुन्छ भनेर काम अघि बढायौ,’ उनले भने । गुलेली निर्माणका लागि ट्रस, स्प्रिङ, रवर लगायतका आवश्यक सामग्री आवश्यक पर्ने बताउँदै उनले थपे, ‘आवश्यक कच्चा सामग्री सबै वडाले हामीलाई उपलब्ध गराउँछ, हामीले गुलेली बनाएको ज्याला पाउछौ ।’ दक्ष कामदारको सरकारले तोकेको ज्याला आफूहरुले पाउने गरेको उनले बताए । उनीहरुले हालसम्म डेढ सय वटा गुलेली बनाइसकेका छन् । उक्त गुलेली वडाले लगेर बिक्री गर्छ । दैनिक तीन वटासम्म गुलेली बनाउन सकिने उनको भनाइ छ ।

सामान्य गुलेली भन्दा यो अलि ठेलो आकारको हुन्छ । बन्दुक आकारको यो गुलेलीबाट हानेको ढुंगा धेरै परसम्म जाने बताइएको छ । निशाना पनि लगाउन सजिलो र सहजै प्रयोग गर्न सकिने थापा बताउँछन् । यो कामले आयआर्जनमा समेत सहयोग पुगेको भन्दै उनले खुशी व्यक्त गरे ।

बाँदरको समस्या समाधान गर्न वेसार, अदुवा र तितेपाती खेतीलाई प्रोत्साहन गर्न लागिएको वडाध्यक्ष थापाले बताए । ‘यो खेतीलाई बाँदरले नष्ट गर्दैन, त्यसैले प्रवद्र्धनका लागि यसको तेल निकाल्ने मेसिन ल्याउँदै छौ,’ उनले भने । मेसिन खरिदका लागि वडाबाट आठ लाख रकम विनियोजन भइसकेको जानकारी दिदैं उनले चैत्र महिनाभित्र मेसिन आइसक्ने बताए ।

बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.