Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

योजना कार्यान्वयनमा सिंचाइ डिभिजनको ढिलासुस्ती

"अधिकांश योजनाहरुको सम्झौता समेत हुन सकेन "

जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय गोरखाले चालु आर्थिक बर्षका योजनाहरु कार्यान्वयनमा ढिलासुस्ती गरेको छ । सात महिना वितिसक्दा समेत अधिकांश योजनाहरुको सम्झौता गर्न सकेको छैन ।

Advertisement

बिशेष गरी उपभोक्ता समिति मार्फत गर्नुपर्ने योजनाहरुको काम अघि बढ्न नसकेको हो । कतिपय योजनाहरुको ‘साइट भिजिट’ समेत हुन बाँकी छ । शहिद लखन गाउँपालिका–६ खल्लुखोला तटबन्धन योजना, गोरखा नगरपालिका–१ ज्यादुल सोती चालिसे गौडे अम्बाटेफाँट एकीकृत सिंचाई योजना र भीमसेन थापा गाउँपालिका–४ धारापानी पाँचथर टारी गैरीखेत सिंचाई योजनाको साइट भिजिट गर्न बाँकी रहेको कार्यालयका इन्जिनियर इश्वर ज्ञवालीले बताए । उक्त योजनाका लागि दश÷दश लाख रकम विनियोजन भएको छ ।

लगत इष्टमेट भएपनि सम्झौता नभएर काम सुरु हुन नसकेका धेरै योजना छन् । गोरखा नगरपालिका वडा नम्वर १० र ११ जोड्ने सिर्दिखोला तटवन्धनको लगत स्टमेट भएपनि स्रोत सुनिश्चित नभएर काम अघि बढाउन नसकिएको कार्यालयले जनाएको छ ।

आरुघाट गाउँपालिका–३ स्थित सोतीबजार संरक्षण तथा तटबन्धन योजना, गोरखा नगरपालिका वडा नम्वर ६ र ८ जोड्ने पैरनी खोला नियन्त्रण, भीमसेन थापा–३ मौदीखोला जुडीखेत चिसापानीदेखि जँगेखेत ल्होसेसम्म सिंचाई कुलो स्तरोन्नती, अजिरकोट गाउँपालिका–२ अधेरीखोला उपलटार एक्से सिंचाई, आरुघाट गाउँपालिका–८ बगरखेत पाङ्ग्राझ्याल कुलो मर्मत, पानपा–७ को च्याङ्लीटार सिंचाई योजना (त्रिलाङ्ग र माझगैरा कुलो), शहिद लखन–४ जुग्दीटार सिंचाई योजना र गोनपा–१३ को असलटारी कुलो निर्माणको काम अझै सुरु भएको छैन । दश लाखका दरले रकम विनियोजन भएका यी योजनाहरुको लगत इष्टमेट भएपनि हालसम्म सम्झौता प्रक्रिया अघि बढेको छैन ।

त्यस्तै गोनपा–१ को ताप्लेफाँट सिंचाई योजना, गोनपा–१० कन्याढाब सिंचाई योजना, पानपा–२ बाह्रबिसे डुम्री कुलो निर्माण, गोनपा–११ ज्यामिरे सिर्दीकुलो निर्माण, गोनपा–१३ को असलटारी कुलो निर्माण, चुमनुव्री गाउँपालिका–३ को सल्लेरी तटबन्धन योजना, सिरानचोक–६ को खड्काटार कुलो सिंचाई योजना, गोनपा ९ को ऐसेलु खोला वायाटारी कुलो मर्मत, गोनपा ९ स्थित सिर्दीखोला ठुलोवन कुलो मर्मत र गोनपा १३ को डाढेकुलो योजनाको पनि हालसम्म सम्झौता भएको छैन ।

ती योजनाका लागि दश लाखका दरले रकम विनियोजन भएका छन् ।

यता सिरानचोक–७ झाप्रे ओडार बोहरे साठीमुरे सिंचाई योजना, बारपाक सुलिकोट ४ दुर्नाम टुनिखोला लामडाँडा देउराली सिंचाई, पानपा ३ भण्डारथोक सिंचाई योजना, पानपा २ भारते फाँट कुलो निर्माण र सिरानचोक ८ को बालिनचौर कुवापोखरी संरक्षण काम पनि सम्झौतामै गएर अड्किएको छ । यी योजनाहरुपनि दश÷दश लाखका हुन् ।

भीमसेन थापा ७ सुन्दरपुर सिमलटार सिंचाई कुलो पुर्नस्थापना, सिरानचोक ७ समाजसुधार सिंचाई योजना (उपल्लो र तल्लो गोहोरे), आरुघाट २ घामलिंग अलैची सिंचाई योजना, बारपाक सुलिकोट ४ सौरपानी घुन्चोक पोखरीलाई जलाशययुक्त बनाई संरक्षण गर्ने योजना, पानपा ३ भण्डारथोकस्थित सेरावेशी सिंचाई योजना, पानपा १ र गोनपा ९ जोड्ने कुनाखेत अम्बोटे सिंचाई योजना, सिरानचोक ७ खहरे ढाँडवेसी सिंचाई योजना र पानपा १० छादीखोला सिंचाई योजनाको पनि लगत स्टमेट मात्र भएको छ तर, सम्झौता हुन सकेको छैन । सम्झौता नहुदाँ २० लाखका यी योजनाहरुको काम अघि बढ्न सकेको छैन ।

सम्झौता नभएकै कारण गोनपा ८ को वल्ड क्यापिटल स्कुल अगाडीको डम्डारे खोल्सी भल नियन्त्रणको काम पनि सुरु हुन सकेको छैन । २५ लाख विनियोजन भएको उक्त योजनाको लगत इष्टमेट भएपनि सम्झौता नभएकै कारण काम सुरु हुन नसकेको हो । कार्यालयले सम्झौतामा ढिलाइ गर्दा योजना कार्यान्वयनमा समस्या भएको छ ।

सम्झौतामा केही ढिलाइ भएको कार्यालयले स्वीकार गरेको छ । ‘अलि अलि ढिला भएकै हो तर समिति छनोटमा बिरोध नहोस् भनेर दर्ता नभएकालाई दर्ता गर्न र दर्ता भएर पनि नविकरण नभएकालाई नविकरण गरेपछि मात्र सम्झौता गर्ने भनेर केही समय कुरेका हौ,’ इन्जिनियर ज्ञवालीले भने । सिंचाईको काम सडक निर्माणको जस्तो सहज नहुने भन्दै उनले खेतीवालीहरु भित्र्याएपछि मात्र काम सुरु गर्नुपर्ने भएकाले केही ढिलाइ भएको जानकारी गराए ।

स्रोत सुनिश्चितता नभएका कारण चालु आव २० वटाभन्दा बढी बहुबर्षिय योजनाहरुको ठेक्का खुलाउन नसकेको उनले बताए । ‘हालसम्म २० वटा योजनाको स्रोत सुनिश्चितता गरिदिन भनेर मन्त्रालयमा लेखेर पठाइसकेका छौ तर उताबाट केही प्रतिक्रिया नआएकाले ठेक्का आव्हान गर्न सकेका छैनौ,’ उनले भने ।

बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.