Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बारपाक सडक : लोहनी ब्रदर्शसँग ठेक्का तोड्ने तयारी, रसुवा इलाईट काम गर्दै

गोरखा सडक योजनाले लोहनी एण्ड ब्रदर्शसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । दुई बर्षमा सक्नुपर्ने बाह्र किलो बारपाक सडक अन्तरगत अर्कुल बजारदेखि वालुवासम्मको खण्ड कालोपत्रेको काम नौ बर्षदेखि अलपत्र पारेको भन्दै ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

Advertisement

‘ठेक्का किन नतोड्ने भनेर पत्रिकामा सूचना प्रकाशन गरेका छौ,’ कार्यालयका इन्जिनियर आशिक रिजालले भने, ‘सम्पर्कमा आउनु भनेर सात दिनको म्याद तोकिएको छ ।’ तोकिएको समयभित्र सम्पर्कमा नआए ठेक्का तोड्नका लागि बिभागमा लेखेर पठाइने उनले जानकारी दिए । काम सुरु गर्न उक्त निर्माण कम्पनीलाई यसअघि पनि पटक पटक पत्राचार गरेपनि वेवास्ता गर्दै आएको कार्यालयले जनाएको छ । कुल ८ किलोमिटर सडक कालोपत्रेका लागि २०७२ साल असार ३१ गते कार्यालय र उक्त निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

काममा लापरवाही गर्दै आएपनि हालसम्म सातौ पटक म्याद थप भइसक्यो तर कामको प्रगति सुन्य छ । ‘करिव ८० प्रतिशत मात्र काम सकेर राखेको छ,’ उनले भने, ‘केही खण्ड कालोपत्रे गर्नुपर्ने छ र कालोपत्रे भइसकेको केही खण्ड विग्रिएकाले त्यसलाई पनि मर्मत गर्नुपर्छ तर, पटक पटक म्याद थप भएपनि फिल्डमा काम भएको छैन ।’

यता वालुवादेखि बारपाकसम्मको १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको रसुवा इलाइट सुर्य जेभीको पनि हालसम्म सातौ पटक म्याद थप भइसक्यो । तर काम सम्पन्न भएको छैन । विगत केही बर्षदेखि अलपत्र छाडेको काम अहिले पुनः सुरु गरेको कार्यालयका इन्जिनियर कल्याण खड्काले बताए । ‘अहिले राङरुङदेखि माथि कालोपत्रेको काम भइरहेको छ,’ उनले भने, ‘राङरुङदेखि तल नाला र रिर्टनिङ वाल लगायतका संरचना निर्माणका काम भइरहेको छ ।’ उक्त खण्डमा यसअघि काम कालोपत्रे भइसकेको केही ठाउँहरु भत्किएकाले त्यसको पनि मर्मत गर्नुपर्ने उनले जानकारी गराए ।

उनका अनुसार हालसम्म करिव ९० प्रतिशत काम सम्पन्न भएको छ । २०७३ असार ३० गते सम्झौता भएर काम शुरु भएको थियो । अन्तिम पटक थप भएको म्याद यही असारसम्म मात्र छ । असारमा काम सक्ने आश्वासन निर्माण कम्पनीले दिएको कार्यालयले जनाएको छ ।
बाह्रकिलो देखि बारपाकसम्मको कुल ४६ किलोमिटरको सडक चार खण्डमा बिभाजन गरी ठेक्का लगाइएको हो । बाह्र किलोदेखि मसानेठाटीसम्मको चार किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा गोरखा एप्रोप्रियट फर कन्स्ट्रक्सनले पाएको हो भने निवेलदेखि अर्कुल सम्मको ५ किलोमिटर सडक कालोपत्रेको जिम्मा कन्काइ गोरखा जेभीले पाएको हो । यी दुवै खण्डमा काम सम्पन्न भइसकेको छ । तर बाँकी दुई खण्डमा भने ठेकेदारको लापरवाहीका कारण काम अलपत्र बनेको हो ।
उक्त सडक योजनाका लागि यो बर्ष २० करोड रकम विनियोजन भएको छ । उक्त रकमले उक्त खण्ड अन्तरगत यसअघि कालोपत्रे भइसकेका सडक मर्मत गरिने इन्जिनियर खड्काले बताए । ‘उक्त खण्डको काम सम्पन्न भएर पाँच बर्ष पुगेको सडक मर्मत गर्छाै, नालासहित मर्मतको काम हुन्छ,’ उनले भने ।

बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.