Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

रैथाने वाली प्रवद्र्धन गर्दै बारपाक सुलिकोट

"बिद्यालयमा मैदाजन्य परिकार निषेध "

बारपाक सुलिकोट गाउँपालिकाले रैथाने वाली प्रवद्र्धनमा बिशेष जोड दिएको छ । प्रवद्र्धनका लागि बिभिन्न कार्यक्रम संचालन गर्दै आएको पालिकाले जनाएको छ ।

Advertisement

पालिकाभित्रका सबै सामुदायिक बिद्यालयमा मैदा र मैदाजन्य खानेकुरालाई पूर्ण रुपमा निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । ‘गत शैक्षिक सत्रबाटै मैदाबाट बनेको मम, चाउमिन, चाउचाउ जस्ता खानेकुरा र जंक फुड (पत्रु खाना) पूर्ण रुपमा निषेध गरेका हौ,’ उनले भने, ‘त्यसको ठाउँमा रैथाने वालीबाट बनेका परिकारलाई जोड दिएका छौ ।’ कोदो, मकै र फापरबाट बनेका परिकारलाई प्राथमिकता दिइएको उनले जानकारी दिए ।

‘बिद्यार्थीलाई खाजाको रुपमा मकै र फापरबाट बनेको खिर, पाउरोटी, केक लगायतका बिभिन्न परिकार खुवाउन भनेका छौ, स्थानीयलाई ती परिकार बनाउने तालिम पनि दिइसक्यौ,’ उनले भने । बाल कक्षाका बालबालिकालाई सातु, लिटो र जाउलो खुवाउन भनिएको उनले बताए । अन्यको हकमा गेडागुडी, मकै भटमास, स्थानीय स्तरमा उत्पादित कुखुराको अण्डा र स्थानीय स्तरमा उत्पादित फलफुल लगायतका पौष्टिक आहार पाइने खाजा खुवाउन भनिएको उनले जानकारी दिए ।

होम स्टे र होटल व्यवसायीलाई लक्षित गरी बारपाकमा कोदोका बिभिन्न परिकार बनाउने तालिम समेत संचालन गरिएको उनको भनाइ छ । उनका अनुसार तालिममा कोदोको मम, पाउरोटी, बिस्कुट लगायत १५ थरिका परिकार बनाउने तालिम दिइएको हो ।

रैथाने वाली प्रवद्र्धनका लागि सबै वालिमा बिउ र सिंचाइमा अनुदान उपलब्ध गराइएको पालिकाले जनाएको छ । यो बर्ष उन्नत जातको गहुँको विउ अनुदानमा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए । रैथाने वाली प्रवद्र्धनसँगै बिद्यार्थीको पोषण सुधारमा पनि सहयोग पुग्ने अपेक्षा पालिकाको छ ।

शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.