Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोनपाको नीति : हलगोरु पाल्ने किसानलाई प्रोत्साहन, विद्यालयको पोशाकमा एकरुपता

"९९ करोड ३१ लाखको बजेट सार्वजनिक "

गोरखा नगरपालिकाले आगामि आर्थिक बर्ष २०८२/८३ लाई कृषि प्रवद्र्धन बिशेष बर्षको रुपमा अघि बढाउने भएको छ । मंगलबार नगरसभाको १७ औँ अधिवेशनमा नगर प्रमुख कृष्ण राना मगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सो कुरा उल्लेख छ ।

Advertisement

‘कृषिमा वैज्ञानिकता, उत्पादनमा गुणात्मकता’ भन्ने मुल नाराका साथ व्यावसायिक तथा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न कृषि प्रणालीलाई प्रोत्साहन गरिने उनले बताए । वेमौसमी तरकारी खेती पूर्वाधारको लागि प्लास्टिक घर कार्यक्रमलाई प्राथमिकतामा राखी कम्तिमा ५०० घरधुरीमा ‘एक किसान, एक प्लास्टिक घर’ सुरु गर्ने नगरपालिकाको योजना छ । व्यवसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीको विकास गर्न कृषि मेलाको आयोजना गरी किसानलाई प्रोत्साहन गरिने बताइएको छ ।

दरौदी तथा मस्र्याङदीको बगरमा खर्बुजा खेतीको कार्यक्रम संचालन गरिने मगरले बताए । ‘हलगोरु पाल्ने किसानलाई प्रोत्साहनको व्यवस्था मिलाइनेछ’, उनले भने, ‘गोरखा नगरपालिका क्षेत्रभित्र रैथाने कालो सुंगुर प्रवर्धन कार्यक्रम संचालन गरिनेछ ।’ सुत्केरी गाईभैसीका लागि मिनरल तथा क्याल्सियम वितरणको व्यवस्थालाई निरन्तरता दिइने उनले बताएका छन् । साथै, दरौदी नदी तथा यसका शाखा नदीहरुमा मत्स्यपकेट कार्यक्रमको लागि पोखरी निर्माण तथा अन्य सहयोग कार्यक्रम गरिने उनको भनाई छ ।

वैदेशिक रोजगारीमा गएका घर–परिवारका सदस्यहरुलाई आयआर्जन तथा उत्पादनको क्षेत्रमा लगानी गर्न वित्तीय साक्षरता कक्षालाई निरन्तरता दिइने नीति उनले जानकारी दिए । बैदेशिक रोजगारीबाट सिर्जित सामाजिक, मनोवैज्ञानिक समस्याहरु न्यूनीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रमहरु संचालन गर्ने बताइएको छ ।

स्वदेश तथा विदेशका विभिन्न उद्योगबाट आयातित महङ्गो र स्वास्थ्यको निम्ति हानिकारक मदिरालाई निरुत्साहित गर्दै रैथाने वालीबाट तयार हुने स्थानिय मदिरालाई ब्राण्डीङ गरी रोजगारी र आयआर्जनमा जोड दिइने नीति नगरपालिकाको छ । युवाहरुलाई रोजगार सिर्जना गर्नको लागि कपाल काट्ने, प्लम्विङ, वायरिङ लगायत सीपमूलक तालिम संचालन गरी उक्त व्यवसाय संचालन गर्न सहयोग गर्ने भनिएको छ ।

नगरपालिकाले घोषणा गरेको ‘गोरखा पर्यटन वर्ष सन् २०२५’ कार्यक्रमलाई निरन्तरता दिइने नीति नगरपालिकाले लिएको छ । ‘नगरभित्रको संस्कृति, कला, पुरातात्विक सम्पदा र क्षेत्र, धार्मिक स्थल र गन्तव्य, राष्ट्रिय विभुति र व्यक्तित्व, प्राकृतिक मनोरम दृष्य र छटालाई अन्वेषण, अनुसन्धान गरी गोरखा हाम्रो पहिचान भन्ने पुस्तक नेपाली, हिन्दी र अंग्रेजीमा भाषामा प्रकाशन गरिनेछ’, नगरप्रमुख कृष्ण रानाले भने, ‘गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्न सम्बन्धित निकायमा थप पहल गरिनेछ ।’

नगरभित्रका सबै जातजातिको जीवनशैलीको संरक्षण, सम्वद्र्धनका लागि जीवित संग्रहालय निर्माण गरिने मगरले बताए । ‘शहीदलखन गाउँपालिकाको सहकार्यमा छोटेलुदी तालको सम्भाव्यता अध्ययन गरिनेछ,’ उनले भने, ‘पुरातत्व बिभागसँगको समन्वय र सहकार्यमा गोरखा बजारको पदेँलीस्थित रानीपोखरीमा पानी निकासको लागि व्यवस्थापन गरिने छ ।’

गोरखा नगरपालिका वडा नं ३ को वेनीखोला ताल निर्माण कार्यलाई सम्पन्न गरी मत्स्य पर्यटनको रुपमा विकास गरिने उनले बताएका छन् । रक गार्डेन, चिल्ड्रेन पार्क, पश्चिमकाली, रानीवन, कुहिरेभिर लगायत पर्यटकीय क्षेत्रको जग्गा भोगाधिकारको विषय यकिन गरी डिपीआर तयार गरेर कार्यान्वयनमा ल्याइने नगरप्रमुख रानाको भनाई छ ।

ठुलो आँगन, पोखरीथोक, धारापानी, छिपिटोल, पाटेचौर आदी क्षेत्रमा सम्पदा वस्ती निर्माणको थालनी गर्ने नगरपालिकाकाृ नीति तथा कार्यक्रममा उल्लेख छ । नेपाल सरकार, गण्डकी प्रदेश सरकार तथा रविन्द्रपुरी फाउन्डेशनसँगको सहकार्यमा सम्पदा वस्ती निर्माण गर्ने पालिकाको योजना छ । सहिदलखन गाउँपालिकाको सहकार्यमा छोटेलुदी तालको सम्भाव्यता अध्ययन गर्ने बताइएको छ । गोरखा नगरपालिकासँगको भगिनी सम्बन्ध रहेको धादिङको निलकण्ठ नगरपालिकामा रहेको निलकण्ठेश्वर महादेवको प्रतिमूर्ति सहितको पार्क निर्माण गरिने बताइएको छ ।

यस्तै, ‘एकिकरणदेखि गणतन्त्रसम्म’ संग्रहालय तथा पार्क निर्माण गर्ने पालिकाको योजना छ । विद्यालयमा पत्रु खाना बिक्री वितरणलाई निरुत्साहित गर्दै दिवाखाजाका लागि स्थानिय उत्पादनमा जोड दिने नीति गोरखा नगरपालिकाको छ । नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्न १० वर्षे शैक्षिक सुधार गुरुयोजना निर्माण गर्ने पालिकाले जनाएको छ ।

बहुप्राविधिक विद्यालयमा नगरपालिकाको विद्यार्थीलाई ५० प्रतिशत छुट दिने, गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्ने र विद्यालयहरुमा टाई हटाएर नगरपालिकाभित्रको नीजि तथा सामुदायिक विद्यालयहरुमा एउटै विद्यालय पोशाक (आकासे रंगको र सेतो रंगको सर्ट र निलो पाइट, स्कर्ट) लागू गर्ने बताइएको छ । यसैगरी, गोरखा नगरपालिका वडा नं १० स्थित छेवेटार खेल मैदानमा प्याराफिट, कवर्डहल र शौचालय निर्माण गरिने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी वर्ष गोरखा नगरपालिकाले एक शववहानको व्यवस्था गर्ने बताइएको छ । नयाँ सडक ट्रयाक खोल्ने भन्दा संचालनमा रहेको सडकहरुको थप स्तरोन्नती गर्ने नीति पालिकाको छ । नगरपालिका क्षेत्रभित्र विभिन्न कार्यक्रमहरुमा स्वागतका लागि खादा तथा व्याजको प्रयोगमा वन्देज गरी स्थानिय फुलको प्रयोगलाई मान्यता दिने नीति नगरको छ । यसैगरी, प्लाष्टिकका झोलाको प्रयोगलाई बन्देज लगाइ, कपडाको झोला प्रयोग गर्ने बानीको विकास गर्ने पालिकाको योजना छ ।

९९ करोड ३१ लाखको बजेट सार्वजनिक

गोरखा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ९९ करोड ३१ लाख रहेको छ । मंगलबार भएको १७ औँ नगरसभामार्फत उपमेयर मसली माया थोकरले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

नेपाल सरकार समानीकरण अनुदानतर्फ २० करोड ७९ लाख र सर्शत अनुदानतर्फ रु ४४ करोड २९ लाख बजेट प्राप्त गर्ने अनुमान गरिएको बजेट प्रस्तुत गर्दै थोकरले बताइन् । यस्तै, संघको समपुरक अनुदानतर्फ ९१ लाख र विशेष अनुदानतर्फ ८२ लाख बजेट प्राप्त हुने पालिकाको अनुमान छ । प्रदेश सरकारको समानीकरण अनुदानतर्फ रु ३ करोड ८ लाख ३४ हजार, विशेष अनुदानतर्फ रु ४० लाख, समपुरक अनुदानतर्फ रु ६० लाख र सर्शत अनुदानतर्फ रु २ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

संघीय सरकारको राजश्व बाँडफाँड वापत ११ करोड ६९ लाख प्राप्त हुने नगर उपप्रमुख थोकरले बताइन् । प्रदेश सरकार अन्तरगत राजश्वतर्फ १ करोड ६१ लाख २६ हजार रकम आउने अनुमान गरिएको उपप्रमुख मसलीमाया थोकरले जानकारी दिइन् । ६ करोड आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य पालिकाको बजेटले राखेको छ । क्रमागत योजना/बैँक मौज्दाततर्फ रु ६ करोड, सडक बोर्ड नेपालमार्फत रु ७० लाख र नगर विकास कोषतर्फ रु ४० लाख प्राप्त हुने नगरपालिकाले जनाएको छ ।

शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.