Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा डान्स च्याम्पिएन संचालनको नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ

गोरखा डान्स च्याम्पिएन संचालनको नाममा ठगी गरेको आरोपमा गोरखाबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाकी २० बर्षीया आयुषा पाण्डे, २१ बर्षीय पुरुषोत्तम न्यौपाने, कन्चन गाउँपालिकाकी २० बर्षीया शारदा क्षेत्री र १९ बर्षीया तनिशा मगर रहेको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरुले बुधवार आरुघाटमा डान्स च्याम्पिएन संचालन गरी बालबालिकालाई सहभागी गराएर बिभिन्न प्रलोभन देखाई अभिभावक मार्फत रकम असुली गरी ठगी गरेको प्रहरी नीरिक्षक धु्रवप्रसाद शर्माले बताए ।

‘एपि नाँच घर तिलोत्तमा मणिग्राम रुपन्देहीद्धारा आयोजना गरेको भन्ने पारी गोरखा डान्स च्याम्पियन २०८२ संचालन गरी बिभिन्न ठाउँका बालबालिकाहरुलाई नाँचमा सहभागी बनाई छनोट गरिरहेका रहेछन्,’ उनले भने, ‘सहभागीहरुलाई फाइनल जित्नका लागि निजहरुले उपलब्ध गराएको प्रति गोटा एक सय पर्ने भोटिङ कार्ड लिई जसले धेरै भोटिङ कार्ड कटाउन सक्छ उ नै बिजेता हुने, बिजेता बिभिन्न कार्यक्रममा सहभागी हुन पाउने, बिभिन्न पुरस्कारहरु समेत जित्ने भनि झुठो प्रलोभन देखाएर नाँचमा सहभागी बालबालिकाहरुको अभिभावक मार्फत रकम असुली गरी ठगी गरेको देखियो ।’

पक्राउ परेकाहरुको साथबाट ८९ हजार ७६० नगदसहित पुरै काटेको टिकटको अर्धकट्टी प्याड ७ थान, केही प्रति काटेको टिकटको प्याड १४ थान र नकाटेको टिकट प्याड १३ थान बरामद गरिएको प्रहरी नीरिक्षक शर्माले बताए ।

उनीहरु बिरुद्ध ठगी सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

आइतबार, साउन १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.