उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–२ ल्हो स्थित सात वटा घरमा आगलागी भएको छ । शुक्रवार राती करिव साढे एघार बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट स्थानीय तेन्जिङ लामा, रेक्जिन लामा, टासी लामा, वर्केन लामा, घ्याचु लामा, सान्दुक लामा र
छेवाङ लामाको घरमा क्षति पुगेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।
वडाध्यक्ष मिङ्ग्युर दोर्जे लामाका अनुसार आगलागीबाट घरभित्र रहेको लत्ताकपडा, अन्नपात तथा नगदसहित केही गरगहना जलेर नष्ट भएको छ । उनका अनुसार सान्दुकको घरमा लागेको आगो अन्य घरमा सल्किन पुगेको हो । बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































