चुमनुव्री गाउँपालिकाले प्रवाह गर्ने सेवा र बिकास निर्माणको बिषयमा अनलाइनबाटै गुनासो वा सुझाव पेश गर्न पाइने भएको छ ।
गुनासो वा सुझाव संकलनका लागि पालिकाले क्यू आर कोड तयार गरेको छ । उक्त क्यू आर कोड स्क्यान गरेर गुनासो, सुझाव तथा प्रतिक्रिया राख्न पाइने प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।
‘गत असार १० गतेको गाउँ सभाले निर्णय गरेको हो,’ उनले भने, ‘यो आर्थिक बर्षबाट लागू ग¥यौ ।’ पालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउँदै पालिकाको हरेक गतिविधीलाइ पारदर्शी बनाउन यो प्रविधिको व्यवस्था गरिएको उनले जानकारी दिए । ‘बिकास निर्माणका काममा कही कतै अनियमितता भएका रहेछन् भने पनि हामीलाई खवर आउछ, स्थानीय स्तरमै त्यसलाई हामी समाधान गर्न पहल गर्छाै,’ उनले भने ।
भूगोलको हिसावले पनि पालिकाको केन्द्रसम्म आउन हरेक पालिकावासीलाई सम्भव नहुने भएकाले पनि अनलाइबाट सुझाव तथा गुनासो सुन्ने प्राविधिको थालनी गरिएको लामिछानेले बताए ।
‘सबै पालिकावासी प्रत्यक्ष रुपमा पालिकामै आएर आफ्नो कुराहरु राख्न असम्भव हुन्छ, त्यसलाई पनि मध्यनजर गरेर अनलाइनको माध्यमबाट सहज बनाएका हौ,’ उनले भने ।



































