Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाका अधिकांश स्थानीय तहमा पुग्यो आयुर्वेद केन्द्र

"नभएका पालिकामा यो बर्षबाट संचालन हुने  "

सरकारले सबै स्थानीय तहमा आयुर्वेद केन्द्र पु¥याएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रको रुपमा आयुर्वेद औषधालय स्थापना गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ ।

Advertisement

जिल्लाका केही स्थानीय तहमा यसअघि नै आयुर्वेद औषधालय स्थापना भएर संचालनमा थिए । प्रदेश मातहत रहेको उक्त औषधालय यो बर्षबाट थानीय तह मातहत आएका छन् । ‘घैरुङमा प्रदेश मातहतको जिल्ला आयुर्वेद कार्यालय थियो,’ भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले भने, ‘यो बर्षबाट उक्त कार्यालय स्थानीय तह मातहत आयो र बजेट पनि पालिकालाई नै प्राप्त भयो ।’

आरुघाट गाउँपालिकामा पनि यस अघि नै नागरिक आरोग्य सेवा केन्द्रको रुपमा आयुर्वेद औषधालय रहेको र यो बर्षबाट स्थानीय तह मातहत आएको पालिका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए । यो बर्षबाट बजेट पनि स्थानीय तहलाई प्राप्त भएको उनले जानकारी दिए ।

यस्तै धार्चे गाउँपालिकामा पनि यस अघि नै आयुर्वेद केन्द्र संचालनमा रहेको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले बताए । ‘पहिले देखि नै आयुर्वेद औषधालय छ, तर यो बर्षबाट बजेट भने स्थानीय तहमा आएको छ,’ उनले भने ।

चुमनुव्री गाउँपालिकामा भने हालसम्म आयुर्वेद केन्द्र स्थापना भएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । संघिय सशर्त अनुदानको कार्यक्रम मार्फत यो बर्ष बजेट आएको उनले जानकारी दिए । भने, ‘यसअघि आयुर्वेद केन्द्र थिएन, यो बर्ष बजेट परेको छ अव स्थापना गर्छाै,’ उनले भने ।

जिल्लाका अन्य स्थानीय तहमा यसअघि प्रदेश मातहत रहेका आयुर्वेद केन्द अव स्थानीय तह मातहत आएका छन् । सरकारले ७५३ वटै स्थानीय तहमा आयुर्वेद केन्द्र पु¥याएको दावी गरेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा श्यामवाबु ठाकुरले मुलुकका सबै स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना गरिएको जानकारी दिए ।

आयुर्वेद स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालय नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रका रुपमा आयुर्वेद औषधालय स्थापना गरिएको उनले बताए । उक्त सेवा केन्द्रमा एक जना कविराज तहका आयुर्वेद जनशक्तिको व्यवस्था हुनेछ । हरेक पालिका तहमा रहेका ती आयुर्वेद केन्द्रबाट निःशुल्क रुपमा आयुर्वेद औषधिका साथै उपचार सेवा पनि प्रदान गरिने छ । यस्तै आरोग्य केन्द्रहरूमा भने योग पनि सिकाइने डा. ठाकुरले जानकारी दिए । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मुल नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको विभागले स्पष्ट गरेको छ ।

निमित्त महानिर्देशक डा ठाकुरका अनुसार यसअघि २३ वटा आयुर्वेदसम्बन्धी औषधि बिरामीलाई दिने गरेकामा अबदेखि ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउन थालिएको छ । आयुर्वेद सेवा केन्द्रहरूबाट कब्जियत, मधुमेह, उच्चरक्तचाप लगायतका रोगका औषधि निःशुल्क रूपमा प्रदान गरिने व्यवस्था मिलाइएको छ ।

नेपालमा सबै प्रदेशमा प्रादेशिक आयुर्वेद चिकित्सालय र केन्द्रीय तहमा आयुर्वेद चिकित्सालय नरदेवी तथा आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरबाट सेवा प्रदान भइरहेको छ ।

आइतबार, असोज २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.