Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

पालुङटारमा ‘अटो’ संचालनका लागि रुट निर्धारण, भाडादर पनि तोकियो

पालुङटार नगरपालिकामा तीन पाङ्ग्रे सवारी (अटो) संचालनका लागि रुट निर्धारण भएको छ । आठ वटा स्थानबाट बिभिन्न ठाउँमा जाने गरी पालिकाले रुट निर्धारण गरेको हो ।

Advertisement

पालिकाका अनुसार ठाँटीपोखरीबाट ओख्ले, धाराचौतारो, लुइटेल, ग्राउण्ड प्रहरी विट र पौवाटारमा अटो संचालन हुने छ । पौवाटारबाट सेरा, बिमलनगर र बिरुवाटार चल्ने छ । बिरुवाटारबाट फेदी जुडीखोला, रातमाटे, दुबार र नयाँपुल पुग्ने छ भने रातमाटेबाट बन्चरे दुबार नयाँपुल, अकला, सत्रसय, बिरुवाटार र मूलावारीसम्म अटो संचालन हुने नगर प्रमुख विवश चिन्तनले बताए ।

सेराबाट पौवाटार र बिर्दी जाने उनले जानकारी दिए । ‘ढुङ्गेटारीबाट सेरा, सातदोवाटो, दश किलो र भट्टवेशीसम्म अटो चल्छ,’ उनले भने, ‘सातदोवाटोबाट पाउरोटी भण्डार, जोगी डिही, ढुङ्गेटारी, छेपेटार पुल र जोर्ती चौतारासम्म जाने गरी रुट निर्धारण गरेका छौ ।’ जोर्ती चौताराबाट वडा नम्वर १ को कार्यालय, बिमिरे र सातदोवाटोसम्म अटो चल्ने उनले बताए ।

भौगोलिक हिसावले सहज ठाउँलाई समेटेर रुट निर्धारण गरिएको उनको भनाइ छ । ‘बढी उकालो र दुर्घटना जोखिम क्षेत्रमा रुट कायम गरेका छैनौ,’ उनले भने । अटो संचालनका लागि पालिकाले कार्यविधि बनाएर संचालन तथा व्यवस्थापन समिति पनि गठन गरिएको छ । भाडा निर्धारण समेत भइसकेको पालिकाले जनाएको छ ।

पालिकाका अनुसार पक्की सडकको हकमा तीन किलोमिटरसम्म प्रति व्यक्ति ३५ रुपैया र त्यस पश्चात प्रति किमि १० रुपैयाका दरले थप हुदैँ जाने गरी भाडा तोकिएको छ । कच्ची सडकको हकमा भने तीन किमिसम्म ४५ रुपैया र त्यो भन्दा बढी भएमा प्रति किमी १५ रुपैयाका दरले भाडा थपिदै जाने बताइएको छ ।

रुट इजाजतका लागि सूचिकृत गर्न भन्दै पालिकाले सूचना जारी गरेको छ । सूचिकृत हुन आएकाहरुलाई रुट पर्मिटका लागि पालिकाले यातायात कार्यालयमा सिफारिस गर्ने मेयर चिन्तनले बताए । ‘रुट पर्मिट हामीले दिन मिल्दैन यातायात कार्यालयले दिने हो,’ उनले भने, ‘हामीले सूचिकृत हुन आएकाहरुलाई सिफारिस गरेर यातायात पठाउँछौ, त्यही आधारमा यातायातले रुट पर्मिट दिन्छ ।’

नगरभित्र कुल ५० वटा अटो संचालन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । रुटका गाडी धेरै नचल्ने भएकाले पनि अटो आवश्यक रहेको उनको भनाइ छ । ‘रुटका गाडी धेरै नचल्दा स्थानीयलाई आउजाउ गर्न समस्या छ, त्यसलाई मध्यनजर गरेर सहज र सुलभ यात्राका लागि कार्यपालिकाबाट निर्णय गराएर अटो संचालन गर्न लागेका हौ,’ उनले भने । केही रुटमा अटो संचालन समेत भइसकेको उनले जानकारी गराए ।

गत बर्ष अटो चलाउने तालिम समेत निशुल्क संचालन गरिएको उनले बताए ।

आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.