Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाका समानुपातिक उम्मेदवार : जेल ब्रेकरदेखि उपाध्यक्षमा पराजितसम्म

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचनका लागि आइतवार र सोमवार समानुपातिकको बन्दसूची बुझाउनुपर्ने समय थियो । सोही अनुसार ६४ वटा दलले समानुपातिक तर्फको बन्दसूची पेस गरेका हुन् । दलहरुले बुझाएको बन्दसूचीमा गोरखाबाट पनि केही उम्मेदवारहरुको नाम रहेको छ ।

Advertisement

नेकपा एमालेबाट मिना बराम समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् । आरुघाट गाउँपालिका वडा नम्वर १० की उनी समावेशीतर्फको एक नम्वर सूचीमा छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी आरुघाट गाउँपालिकाको उपाध्यक्षमा लडेकी थिइन्, तर पराजित भइन् । उनी हाल पार्टीको प्रदेश कमिटी सदस्य हुन् । यसअघिको निर्वाचनमा पनि समानुपातिकतर्फको सूचीमा उनको नाम समावेश थियो ।

नेपाली कांग्रेसबाट जगतबहादुर बराम समानुपातिकतर्फको उम्मेदवार बनेका छन् । २०३८ सालमा भीमसेन थापा गाउँपालिका–१ मसेलमा जन्मेका उनी बिद्यार्थी राजनीतिमा पनि संक्रिय थिए । २०५५ सालमा उनले बिन्द्रावती मावि मसेलमा स्कुल इकाइ सहसचिव भएर काम गरे । २०६२ सालमा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टीको गाउँ सभापति बने । देउवा र गिरिजाप्रसाद कोइराला नेतृत्वको पार्टी एकतासँगै बराम आमन्त्रित जिल्ला सदस्य भए । उनी २०६७, २०७२ र २०७८ मा पार्टी महाधिवेशन प्रतिनिधि समेत बनिसकेका छन् । हाल उनी कांग्रेस निकट लोकतन्त्रबादी आदिवासी जनजाती महासंघको महामन्त्रीको रुपमा कार्यरत छन् ।

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट गोरखाकी कमल नहर्की समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् । उनी २०७२ सालको निर्वाचनमा गोरखा क्षेत्र नम्वर २ को प्रदेश क बाट चुनाव लडेकी थिइन् । नयाँ शक्तिका उम्मेदवार हरिशरण आचार्यसँग उनी ३ हजार २७८ मतान्तरले पराजित भइन् । २०३८ सालमा गोरखा नगरपालिका–१४ देउरालीमा जन्मेकी उनी आठ कक्षा पढ्दादेखि नै अखिल क्रान्तिकारीको सदस्यता लिएर राजनितिमा होमिएकी हुन् । २०५४ सालमा महिला संगठनमा आवद्ध भइन् । बिद्यार्थी संगठन हुदै २०५५ सालमा उनी पार्टीको पूर्णकालिन कार्यकर्ता बनिन् । तत्कालिन द्धन्द्धको समयमा भूमिगत हुदाँ उनी २०५६ सालमा गाँइखुरबाट पक्राउ परिन् । तर २०५७ सालमा जेल तोडेर भाग्न सफल भइन् । उनी पार्टीको एरिया सदस्य हुदै, जिल्ला सदस्य, उपव्युरो सदस्य र व्युरो सदस्य भइन् । नहर्कीले जनमुक्ति सेनामा इन्चार्ज हुदै बटालियन कमिसार र बिग्रेड कमाण्डरको रुपमा पनि काम गरिन् । अहिले उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट एजिला गुरुङ समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् । उत्तरी गोरखाको धार्चे गाउँपालिकास्थित केरौजामा जन्मेकी उनी २०७९ सालको निर्वाचनमा पनि समानुपातिक उम्मेदवारको सूचिमा थिइन् । हाल उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखाका चार जनाको नाम समानुपातिको बन्दसूचीमा समावेश भएको छ । शहिद लखन गाउँपालिकाका दिनेशबाबु जोशी, सिरानचोक गाउँपालिकाका महेश गुरुङ, पालुङटार नगरपालिकाका नारायणी अधिकारी र लालबहादुर बिश्वकर्मा समानुपातिकतर्फको उम्मेदवार बनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोहनकुमार श्रेष्ठ बन्दसूचिमा परेका छन् । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका उनी पार्टीका केन्द्रिय प्रवत्ता एवं प्रचार बिभाग प्रमुख हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिकतर्फ निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम जिल्लाका दलहरुले सिफारिस गरेर केन्द्रमा पठाइसकेका छन् ।

नेपाली कांग्रेसले गोरखा क्षेत्र नम्वर १ बाट भूगोल थापा, राजेन्द्र बजगाई, युवराज बस्ताकोटी, डिल्लिराम तिमिल्सिना, जनाद्र्धन अर्याल, पूर्णबहादुर दाहाल, जानुका पन्त, प्रेमकुमार खत्री, चिनकाजी श्रेष्ठ, रचन परियार र इश्वर ढकालको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्वर २ मा प्रकाशचन्द्र दवाडी, दिपकबाबु कडेल, नवीन श्रेष्ठ, बेदप्रसाद काप्री, ओमबहादुर गुरुङ, फणिन्द्र धिताल र मोहनप्रसाद पोखरेलको नाम सिफारिस भएको कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताए । राष्ट्रिय सभा सदस्यमा भने पिताम्वर बडु, अब्दुल सतार र हरि घलेको नाम सिफारिस भएको उनले जानकारी दिए ।

नेपाली कम्युनिस्ट पार्टीबाट प्रत्यक्षतर्फ गोरखा क्षेत्र नम्वर १ मा पुष्पकमल दाहाल प्रचण्ड, हरिराज अधिकारी, जगन्नाथ खनाल, शोभा लामिछाने, सागर श्रेष्ठ र रामप्रसाद भन्तनाको नाम सिफारिस भएको छ । पार्टी जिल्ला बैठकले उक्त नाम सिफारिस गरेर पठाएको हो ।

त्यस्तै क्षेत्र नम्वर २ बाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, लेखनाथ न्यौपाने, सानुमाया बस्नेत, अनिष अर्याल र हरेराम पराजुलीको नाम सिफारिस भएको पार्टी जिल्ला सचिव अंकुर तिमल्सिना आयामले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फ गोरखा क्षेत्र नम्वर १ मा सुवर्ण रोकाय क्षेत्री र क्षेत्र नम्वर २ मा कविन्द्र बुर्लाकोटीको नाम चर्चामा रहेको बताइएको छ ।

नेकपा एमालले भने यही पुस १९ गते टुंगो लगाउने बताएको छ । ‘१८ गते पार्टीका दुवै निर्वाचन क्षेत्रको बैठक छ,’ जिल्ला पार्टी सचिव काजिराम रोकाले भने, ‘त्यो बैठकले नाम फाइनल गरेर सिफारिस गर्छाै ।’

शनिबार, पुष १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.