Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

पर्यटन शुल्कले बढायो चुमनुव्रीको राजश्व

पालिका घुम्न आउने पर्यटकसँग शुल्क उठाउन थालेसँगै चुमनुव्री गाउँपालिकाको राजश्वमा बृद्धि भएको छ । आर्थिक बर्ष २०८०÷८१ मा कुल २७ लाख १७ हजार मात्र राजश्व संकलन गरेको यस पालिकाले आव २०८१÷८२ मा एक करोड १७ लाख ९१ हजार राजश्व संकलन गरेको छ ।

Advertisement

गत आवबाट पर्यटन शुल्क उठाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । ‘यसअघि राजश्व संकलनको स्रोत जडिवुटी, भूमिकर, घरवहाल कर र मालपोत रजिष्ट्रेशन शुल्क मात्र थियो,’ उनले भने, ‘गत आवबाट हामीले पर्यटन शुल्क लिन थाल्यौ, अनि राजश्व बढ्न थाल्यो ।’ पालिकाको आर्थिक ऐन २०८२ को अनुसूचि १० अनुसार गत पर्यटकसँग शुल्क लिन थालिएको उनले जानकारी दिए ।
बिदेशी पर्यटकसँग एक हजार र स्वदेशीसँग दुई सयका दरले पालिकाले पर्यटन शुल्क लिने गरेको छ ।

गत आव ११ हजार ५६० बिदेशी र ७ सय स्वदेशी पर्यटक पालिका प्रवेश गरेको पालिकाको तथ्याङ्क छ । चालु आर्थिक बर्षको हालसम्म पालिकाले ८२ लाख १६ हजार राजश्व संकलन गरिसकेको छ । पाँच महिनाको अवधिमा करिव आठ हजार बिदेशी र एक हजार स्वदेशी पर्यटकले पालिका क्षेत्र घुमेको बताइएको छ ।

स्वदेशीको हकमा पालिकाले केही मापदण्ड बनाएको छ । पालिका क्षेत्र घुम्न आउने सबै स्वदेशी पर्यटकसँग शुल्क नलिने बताउँदै लामिछानेले भने, ‘गोरखाका स्थायीवासिन्दा, जिल्लामा कार्यरत कर्मचारी, पर्यटकसँग आउने गाइड र पोर्टर, कुटनितिक बिशिष्ट व्यक्ति र दश बर्ष मुनिका जो कोहीसँग पनि हामीले शुल्क लिदैनौ ।’ पालिकाभित्र व्यवसाय गर्ने र ज्याला मजदुरी गर्नेहरुसँग पनि शुल्क नलिने उनले बताए । बिशेष गरी पदयात्राका लागि आउने पर्यटकहरुसँग मात्र शुल्क लिने गरेको उनले जानकारी दिए । जगतमा पर्यटन शुल्क संकलन केन्द्र स्थापना गरेर पर्यटकसँग शुल्क लिने गरिन्छ । केन्द्रमा दुई जना कर्मचारी खटाइएको छ ।

यो बर्ष डेढ करोडभन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य पालिकाको छ । मनास्लु पदमार्ग भएकाले पनि यस पालिका आउने पर्यटकको चाप बढी हुन्छ । पर्यटन शुल्क वापत संकलित राजश्व पर्यटन पूर्वाधार, पदमार्ग सुधार, झोलुङ्गे पुल निर्माण, होमस्टे तालिम तथा सामग्री वितरण लगायतका क्षेत्रमा खर्च गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले बताए ।

बुधबार, पुष २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.