Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बारपाक सुलिकोट र भीमसेन थापाको बिभिन्न विधेयक पारित

भीमसेन थापा गाउँपालिका खाद्य अधिकार तथा खाद्य सम्प्रभुता विधेयक पास गर्ने जिल्लाको पहिलो पालिका बनेको छ । मंगलवार भएको गाउँ सभाको १७ औं अधिवेशनले उक्त विधेयक पास गरेको हो । नेपालको संविधानले प्रत्येक नागरिकलाई दिएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको मौलिक हकलाई कार्यान्वयन गर्न बिधेयक पास गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।

Advertisement

‘यो बिधेयक पास गर्ने हामी जिल्लाको पहिलो पालिका हौ,’ उनले भने, ‘आजको सभामा यो सँगै अरु विधेयक पनि पास ग¥यौ ।’ वातावरण तथा प्राकृतिक स्रोत सम्बन्धी बिधेयक, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व बिधेयक, आर्थिक ऐन र विनियोजन ऐन संशोधन बिधेयक समेत पारित भएको उनले जानकारी दिए । सभाले केही योजनाहरुको बजेट रकमान्तर गर्दै फरक शीर्षकमा विनियोजन समेत गरेको छ ।

यता बारपाक सुलिकोट गाउँपालिकाले पनि बिभिन्न विधेयक पारित गर्दै गाउँ सभाको १८ औं अधिवेशन सम्पन्न गरेको छ । मंगलवार भएको अधिवेशनले आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व विधेयक पास गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । स्थानीय मदिरा व्यवस्थापन कार्यविधिबारे पनि छलफल गरेर पारित गर्ने अन्तिर तयारी गरिएको उनले जानकारी दिए ।

‘घरेलु मदिरालाई प्रोत्साहन गर्ने र बाहिरबाट आयात गरिएको गुणस्तरहिन मदिरालाई नियन्त्रण गर्ने लक्ष्य हो,’ उनले भने, ‘स्थानीय स्तरमा उत्पादन हुने कोदो, किवी र लालिगुराँसको लोकल रक्सीलाई गुणस्तर मापन गरी ब्राण्डिङ र प्याकेजिङ गर्ने भन्ने छ ।’ एक महिनाभित्र कार्यविधि पास गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । उनका अनुसार सभामा प्लाष्टिकमुक्त पालिका घोषणाका लागि प्रारम्भिक छलफल समेत भएको छ ।

संघ तथा प्रदेश सरकारले स्थानीय तहलाई दिने राजश्व बाँडफाँट र समानिकरण अनुदान घटाएर पठाएको भन्दै सभाले उक्त रकम कटौती नगर्न माग गर्ने निर्णय गरेको छ । त्यस्तै संघ र प्रदेश आफैले कार्यान्वयन गरेको पुजिगत तर्फका योजनाहरुको हाल रोक्का रहेको रकम फुकुवा गर्न पनि माग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए ।

बुधबार, माघ ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.