राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह गोरखा आउनेबारे शुक्रवार बिहानसम्म कुनै चर्चा थिएन । पार्टीका जिल्ला नेता÷कार्यकर्ता न प्रशासन, दुवै बेखवर थिए । जिल्लास्थित उनकै पार्टीलाई पनि ढिला खवर आयो । ‘बिहान दशबजेसम्म हामीलाई केही जानकारी थिएन,’ पार्टीका शिशिर प्रधानले भने, ‘धादिङबाट गोरखाको आरुघाट हुदैं जिल्ला सदरमुकाम आएर कार्यकर्ता भेट्ने भनेर दश बजेपछि मात्र जानकारी आयो ।’
बालेनको गोरखा यात्राबारे ढिला थाहा पाएको प्रशासनले सुरक्षा व्यवस्था थप मजवुद बनायो । सुरक्षाकर्मीको बाक्लो उपस्थिती देखियो । उनका शुभेच्छुक र कार्यकर्ताहरु ठाउँठाउँमा स्वागतका लागि बसे । आरुघाटमा भेटघाटका लागि बसेका स्थानीय एवं कार्यकर्ताहरु निराश बने जब बालेन गाडीसमेत नरोकी सिधै त्यहाँबाट हुइकिए । आरुघाटबाट गोरखा सदरमुकाम आउँदासम्म उनी कतै रोकिएनन् । सिधै गोरखा दरवार पुगे । फोटो खिचे अनि शक्तिचोकस्थित रास्वपाको पार्टी कार्यालय पुगे । त्यहाँपनि उनले धेरै समय खर्च गरेनन् । पार्टी कार्यालय रहेको भवनको बरण्डामा उभिएर केही सेकेण्ड घण्टी बजाए अनि गाडी चढेर फर्किहाले ।
रास्वपाका उम्मेदवारलाई हौसला प्रदान गर्न गोरखा आएका बालेनको यो शैलीप्रति जिल्लामा केही असन्तुष्टीका छिटाहरु देखिए । तर गोरखा मात्र होइन उनी हरेक ठाउँमा यस्तै शैलीमा प्रस्तुत हुदै आएका छन् ।
बा १६ च ५००० नम्वरको गाडीमा आएका उनले रास्वपाका गोरखा उम्मेदवारहरु सुधन गुरुङ र कविन्द्र बुर्लाकोटीसँग भेटेर फोटो भने खिचाएका थिए ।



































