गोरखा क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई दोब्वरबढी मतले पछि पार्दै बुर्लाकोटी बिजयी बनेका हुन् ।
बुर्लाकोटीले २६ हजार ६६० मत ल्याउँदै गर्दा दुवाडीले ११ हजार ७०० मत मात्र प्राप्त गरेका छन् । ११ हजार ७३ मत ल्याउँदै नेकपाका लेखनाथ न्यौपाने तेस्रो स्थान हासिल गरेका छन् ।
एमालेका मिलन गुरुङ (चक्रे मिलन) ले भने ३ हजार ८७ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
१ लाख ८ हजार ५३३ मतदाता रहेको सो क्षेत्रमा कुल ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ३ हजार ९ मत बदर भएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































