Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा चक्रे मिलनसहित १९ उम्मेदवारको जमानत जफत

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखामा एमालेका उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन)सहित १९ जनाको जमानत जफत भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा उनीसहित कुल २५ जनाले उम्मेदवारी दिएका थिए ।

Advertisement

खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गोरखा–२ मा कुल ५७ हजार १५६ मत खसेको थियो । जसमा ५४ हजार १४७ सदर मत थियो । जमानत जोगाउन ५ हजार ४१५ मत ल्याउनुपर्ने भए पनि चक्रे मिलनले ३ हजार ८७ मात्र प्राप्त गरे ।

त्यस्तै उज्यालो नेपाल पार्टीका बलराम तामाङले ६३९, राप्रपाका कुलबहादुर बस्नेतले २९२, मंगोल नेशनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले २९०, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का टेकबहादुर प्रधानले १३०, नेशनल रिपब्लिक नेपालका प्रसाद गुरुङले १११, स्वतन्त्र उम्मेदवार चुडाप्रसाद ढकालले ८०, आम जनता पार्टीकी कल्पना कुमालले ४१, नेपाल मजदुर किसान पार्टीका रामशरण बुढाथोकीले ३० र स्वतन्त्र उमेदवार हरि पोखरेलले १४ मत प्राप्त गरेका छन् । १० प्रतिशत मत नआएकै कारण उनीहरुको पनि जमानत जफत भएको हो । सो क्षेत्रबाट कुल १३ जनाको उम्मेदवारी परेको थियो ।

यता १२ जना उम्मेदवार रहेको गोरखा–१ मा १० जनाको जमानत जफत भएको छ । एमालेका रामचन्द्र लामिछाने (३७३२), उज्यालो नेपाल पार्टीका रामकाजी राना मगर ४८९, राप्रपाका केदारमणी खनाल ३१०, संयुक्त नागरिक पार्टीका जितबहादुर घले १६५, मंगोल नेशनल अर्गनाइजेसनका देवबहादुर थापा १४२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बिष्णुप्रसाद रिजाल ५७, नेशनल रिपब्लिक नेपालका आकाश राना मगर ३५, स्वतन्त्र उमेदवार कविता भट्टराई २३ र नेपाल मजदुर किसान पार्टीकी मनुकुमारी श्रेष्ठ १९को जमानत जफत भएको हो ।

कुल सदर मतको दश प्रतिशत नपुगेका कारण उनीहरुको जमानत जफत भएको हो । सो क्षेत्रमा कुल ६३ हजार ६०९ मत खसेको थियो । जसमध्ये ६१ हजार ३९० सदर थिए । जमानत जोगाउनका लागि ६ हजार १३९ मत ल्याउनुपर्ने थियो ।

मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.