Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

चुमनुव्रीको केन्द्र फिलिममा पहिलो पटक मोटर पुग्यो

चुमनुव्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा पहिलो पटक मोटर पुगेको छ । वुधवार पर्यटक बोकेको बोलेर जीप नाग्चेतबाट बुढीगण्डकी नदी पार गर्दै सो क्षेत्र पुगेको हो ।

Advertisement

आरुघाट लार्के सडक अन्तरगत नाग्चेतहुदैं पाङसिङसम्म मोटर चल्छ । तर मोटरेवल पुल अभावमा नाग्चेत पारी रहेको फिलिममा भने गाडी पुग्न सकेको थिएन । स्थानीय व्यवसायीहरुले बुढीगण्डकीमाथि अस्थायी पुल निर्माण गरे । नदी किनारबाट फिलिमसम्मको गोरेटो बाटो चौडा पारे । अनि मोटर पुगेको हो । चार पाङ्ग्रे सवारी सहजै आउजाउ हुने गरी अस्थायी पुल निर्माण भएको स्थानीय एवं पालिकाकी निवर्तमान उपाध्यक्ष कुमारी गुरुङले बताइन् ।

‘पहिले नाग्चेतमा झरेर झोलुङ्गे पुल हुदैं पैदल आउनुपथ्र्याे,’ उनले भनिन्, ‘अहिले मोटर आउने गरी अस्थायी पुल बनेको छ ।’ ह्यूम पाइप र फलाम हालेर बुढीगण्डकी नदीमाथि अस्थायी पुल बनाइएको उनले जानकारी दिइन् । मोटर पुगेसँगै सुपथ मूल्यमा सामान ढुवानी गर्न पाइने र बिरामीलाई एम्वुलेन्समार्फत स्वास्थ्य संस्थामा लान सहज हुने उनले जिकिर गरिन् । अस्थायी पुल भएकाले समस्या समाधानको दिर्घकालिन उपाय भने नभएको उनको भनाइ छ । ‘यो पुल खोलामा बाढी नआएसम्मका लागि होला, बाढी आयो भने बगाएर लान्छ । पक्की पुल नै आवश्यक छ,’ उनले भनिन् ।

सो ठाउँमा पक्की पुल निर्माणका लागि सर्भे गर्न गत भदौ महिनामा संघको टोलि आएको थियो । तर नाग्चेतपारी बुढीगण्डकी किनारदेखि फिलिमसम्म सडक सञ्जाल नजोडिएकाले काम अघि बढ्न सकेको छैन । सडक ट्रयाक खोल्नका लागि पालिकाले बजेट विनियोजन गर्दै आईई स्वीकृत गरेर राष्ट्रिय निकुञ्ज बिभागमा पठाइसकेको छ । निकुञ्जबाट वन मन्त्रालयमा फाइल अघि बढेपनि कुनै निर्णय आएको छैन । सोही कारण काम अघि बढाउन नसकिएको पालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।

‘नदी किनारदेखि फिलिमसम्मको ४.५ किलोमिटर सडक ट्रयाक खोल्नका लागि आईई गरेर गत कात्तिक २० गते निकुञ्ज बिभागमा पठाइसकेका छौ,’ उनले भने, ‘स्वीकृतिका लागि वन मन्त्रालयमा फाइल फरवाड भएको छ रे भन्ने सुनेका छौ, तर केही रेस्पोन्स आएको छैन ।’ सडक ट्रयाक नभएकै कारण बुढीगण्डकी नदीमाथि मोटरेवल पुल निर्माणको काम अघि बढ्न नसकेको उनले जिकिर गरे ।

पालिकाले सडक ट्रयाक खोल्नका लागि एक करोड २५ लाख रकम विनियोजन समेत गरेको छ ।

 

बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.