Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा र लम्जुङ जोड्ने पन्थडिही–साहिलटार सडक धमाधम कालोपत्रे हुदैँ

गोरखा र लम्जुङ जोड्ने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक कालोपत्रेको कामले तिव्रता पाएको छ । कुल २० किलोमिटर सडकमध्ये १५ किमि सडक कालोपत्रे भइसकेको छ । बाँकीमा बेस राख्ने काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।

Advertisement

कार्यालयका अनुसार सडक स्तरोन्नतीका लागि २०७९ सालमा उडहिल÷लामा जेभीसँग ठेक्का सम्झौता भएको हो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिलन्यास गराएर सडक स्तरोन्नतीको काम अघि बढाइएको थियो । योजनाको हालसम्म करिव ९० प्रतिशत भौतिक प्रगति रहेको कार्यालयका इन्जिनियर आशिक रिजालले बताए ।

‘गत भदौ महिनामै काम सम्पन्न गर्ने लक्ष्य थियो,’ उनले भने, ‘नसकेपछि आगामी असार ७ गतेसम्म म्याद थप भएको छ ।’ योजनाको कुल लागत १ अर्ब ५ करोड ४७ लाख रहेको उनले जानकारी दिए । योजना अन्तरगत सडक चौडासँगै नाला र टेवा पर्खाल निर्माण गरिएको छ । डिविएसटी प्रविधिबाट सडक कालोपत्रे भएको कार्यालयले जनाएको छ । भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगमा काम भएको हो ।

उक्त सडकबाट गोरखा र लम्जुङ गरी कुल पाँच वटा पालिकाका स्थानीय बढी लाभान्वित हुने छन् । गोरखाको पालुङटार नगरपालिका (खोप्लाङ, आँपपिपल), सिरानचोक (हर्मी, थालाजुङ, छोप्राक) र अजिरकोट गाउँपालिका (हंसपुर, खरिबोट) एवं लम्जुङको राइनास नगरपालिका (चक्रतीर्थ) र दुधपोखरी गाउँपालिका (इलम पोखरी, दुधपोखरी) का स्थानीय बढी लाभान्वित हुने बताइएको छ ।

२०६५ सालमा उक्त सडकको ट्रयाक खुलेको हो । स्तरोन्नतीका लागि यसअघिका प्रयास असफल हुदै आएका थिए । अहिले भने काम करिव अन्तिम चरणमा पुगेको छ । सडक स्तरोन्नती भएसँगै बाह्रै महिना सवारी आवागमन सहज हुने र स्थानीयको दैनिकी फेरिने अपेक्षा गरिएको छ ।

आइतबार, चैत १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.