Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

उत्तरी गोरखाको धार्चेमा धमाधम बेलिब्रिज बन्दै

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा धमाधम बेलिब्रिज निर्माण हुन थालेको छ । हालसम्म दुई वटा बेलिब्रिज निर्माण भइसकेको छ भने एउटा निर्माणाधिन अवस्थामा छ । थप दुई बेलिब्रिज निर्माण प्रक्रिया अघि बढाइएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

Advertisement

उनका अनुसार यसअघि खोर्लावेशी र माछीखोलामा बेलिब्रिज निर्माण भइसकेको छ । ‘खोर्लावेशीमा बनेको बेलिब्रिज टाइम्स इनर्जी हाइड्रोपावर कम्पनीले बनाएको हो,’ उनले भने, ‘ब्रिज ३७ मिटर लम्वाई र ४ मिटर चौडाइको छ ।’ त्यस्तै माछीखोलामा निर्माण भएको पुलको लम्वाई १ सय २० फिट रहेको उनले जानकारी दिए । बेनिघाट आरुघाट लार्के सडक अन्तरगत पर्ने उक्त पुल नेपाली सेनाले दुई बर्ष अघि बनाएको हो । पुलको कुल लागत दुई करोड रहेको छ ।

हाल उहियाको खोत्राङ र हुल्चुक जोड्ने गरी बेलिब्रिज निर्माणको काम भइरहेको पालिकाले जनाएको छ । दोभान खोला हाइड्रोपावर कम्पनी लिमिटेडले उक्त पुल निर्माण गरिरहेको पालिका अध्यक्ष गुरुङले बताए । उनका अनुसार पालिकास्थित बुढीगण्डकी नदीमाथि बन्न लागेको यो पहिलो बेलिब्रिज हो । ४२.३ मिटर लम्बाई रहेको उक्त पुलको चौडाई भने ३.७८ मि रहने बेलिब्रिज दोभान खोला हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष बिरबहादुर घलेले बताए ।

फागुनबाट काम सुरु गरिएको सो पुल जेठ १५ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

‘दोभान साइटमा चट्टान कटिङको काम सकेर उहियाँतर्फ जग खन्ने काम सुरु भएको छ,’ उनले भने । पुल निर्माणका लागि आवश्यक सामग्री रक्सोल भन्सारमा आइपुगेको उनले बताए । करिब ६ करोड ७५ लाख लागतमा बन्न लागेको उक्त पुलको हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । उक्त बेलिब्रिजको क्षमता ४० टन रहने छ । उक्त पुल बनेपछि हुल्चुक, हुम्चेत, सल्लाघारी लगायतका स्थानीयसँगै अन्यलाई पनि आउजाउमा सहज हुने अपेक्षा गरिएको छ ।

सो क्षेत्रमा हाल झोलुङ्गे पुल रहेको छ । मोटरसाइकल जसोतसो आउजाउ गरेपनि चार पाङ्ग्रे सवारी संचालन हुन सकेको छैन । पुल निर्माण भएसँगै चार पाङ्ग्रै सवारी पनि सहजै आउजाउ हुन सक्ने र सामान ढुवानीमा समेत सहज हुने स्थानीयको अपेक्षा छ ।

बुढीगण्डकी नदीमाथी थप अर्काे बेलिब्रिज निर्माणका लागि प्रस्ताव गरिएको पालिकाले जनाएको छ ।

मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.