Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा सिमसार क्षेत्र संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया

सिमसार क्षेत्र संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा अजिरकोट गाउँपालिकाको समन्वयमा भएको दुई दिने कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।

Advertisement

अजिरकोट गाउँपालिका वडा नम्वर १ स्थित नागेपोखरीमा भएको कार्यक्रममा धार्मिक एवं ऐतिहासिक नागेपोखरी संरक्षणसँगै पर्यापर्यटन प्रवद्र्धनको बिषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत मदन मोहन शाण्डिल्यले बताए ।

‘यो पोखरी संरक्षणका लगि पोखरीको डिलमा ढुंगा गारो लगाउँछौ र यसको सरसफाई गर्छाै,’ उनले भने, ‘पर्यापर्यटन प्रवद्र्धनका लागि नयाँ फुट ट्रेल, वस्ती जस्ता पूर्वाधार निर्माण गर्ने योजना पनि छ ।’ सोही बिषयमा बिहीवार भएको कार्यक्रममा छलफल समेत भएको उनले जानकारी दिए । जलवायु परिवर्तन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उदेश्य समेत कार्यक्रमको रहेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष दिपक देवकोटाले नागेपोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न बिभिन्न कार्यक्रमहरु संचालन गरिएको बताए । वन कार्यालयसँगको समन्वयमा पनि केही कामहरु भइरहेको उनले जानकारी दिए । नयाँ पदमार्ग निर्माण गर्दै अजिरकोटलाई चुमनुव्रीको मनास्लु पदमार्ग लगायतका स्थानहरुमा जोड्ने काम समेत भइरहेको उनले बताए ।

शाण्डिल्यको अध्यक्षता तथा पालिका अध्यक्ष देवकोटाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका संचारकर्मी, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.