Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

पालुङटारको नीति तथा कार्यक्रम : अधिकांश पुरानैलाई निरन्तरता

पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/८४ मा अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ । विहीवार १९ औं नगर सभामा मेयर विवश चिन्तनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बढी यसअघिकै योजनालाई निरन्तरता दिइएको छ ।

Advertisement

‘वनको बाँदर वनैमा’ कार्यक्रमले आगामी बर्ष पनि निरन्तरता पाउने भएको छ । जंगलमा फलफुलका विरुवा रोप्ने कार्यलाई अभियानका रुपमा संचालन गर्ने र बाँदर प्रकोप बढी भएको स्थानहरुमा खुर्सानी, अदुवा, वेसार, जौ, टिमुर, कटहर, कागती जस्ता बाँदरले नष्ट नगर्ने किसिमका वालीहरु लगाउने पालिकाको कार्यक्रम छ । लोक कल्याणकारी किसान कोष मार्फत रैथाने बालीहरुको व्यवसायिक उत्पादन साथै दुध र मासुमा आत्मनिर्भर कार्यक्रमलाई निरन्तरता दिने पालिकको नीति छ ।

कृषि एम्वुलेन्स सेवालाई थप व्यवस्थित र क्षेत्र विस्तार गर्ने योजना पालिकाले लिएको छ । व्यवसायीसँग नगरपालिका अभियान संचालन गर्ने र बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय गर्न चाहने युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति पालिकाले प्रस्तुत गरेको छ ।

स्थानीय स्तरमा रहेका कच्चा पदार्थको उपलब्धताको आकलन गरी समुदायको मागमा आधारित व्यवसाय संचालन गर्न आवश्यक सीप बिकास तालिमको व्यवस्था गर्ने पालिकाले जनाएको छ । पर्यटन बिकासतर्फ पर्यटकीय स्थलहरुको संरक्षण, प्रवद्र्धन तथा प्रचार प्रसार हुने एकीकृत कार्यक्रम लागू गरिने भएको छ । ‘पर्यटकीय क्षेत्रहरुको चिनारी, पर्यटकलाई जानकारी’ भन्ने अभियानलाई थप प्रभावकारी बनाउँदै लगिने मेयर चिन्तनले बताए । ‘त्यसका लागि पर्यटकीय क्षेत्रहरुको श्रव्यदृष्य सामग्री निर्माण गरी सामाजिक सञ्जालमा प्रचार प्रसार गर्ने व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गर्ने , आवश्यक पर्यटन पूर्वाधार निर्माण गर्ने लगायतका काम गर्छाै,’ उनले भने । सहकारीको माध्यमबाट सुपथ मूल्यका पसलहरु संचालनको व्यवस्था मिलाउने उनले जानकारी दिए ।

सामुदायिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको सामूहिक दुर्घटना बीमा कार्यक्रमलाई पालिकाले आगामी बर्ष पनि निरन्तरता दिने भएको छ । अभिभावकविहीन अति विपन्न विद्यार्थीलाई शैक्षिक सहायता कार्यक्रमलाई प्रभावकारी बनाउदै लैजाने बताइएको छ । नगरवासीलाई निशुल्क शव वहानको व्यवस्था, गाईखुर स्वास्थ्य चौकीलाई भोटेकाटेलाई आधारभूत नगर अस्पतालमा स्तरोन्नती गर्ने योजना पालिकाको छ ।

प्लाष्टिकमुक्त नगरपालिका बनाउन नगरपालिका कार्यालय अन्तरगत सबै निकायहरुमा प्लाष्टिकका झोला र खादाको प्रयोगलाई निषेध गर्ने नीतिले आगामी बर्ष पनि निरन्तरता पाउने भएको छ । भौतिक पूर्वाधारतर्फ नगरपालिकाको केन्द्रबाट वडा कार्यालयहरु जाने सडक कालोपत्रे गर्ने योजनालाई पालिकाले नगर गौरवको आयोजनाको रुपमा बिकास गरी कार्यान्वयनलाई प्राथमिकता दिने भएको छ ।

नगरपालिका रिङरोड र बसपार्क पूर्णता दिई संचालनमा ल्याउने पालिकाको नीति छ । पालुङटार एयरपोर्ट स्तरोन्नती गरी संचालनमा ल्याउन संघीय सरकारसँग आवश्यक समन्वय गर्ने पालिकाले जनाएको छ । जलस्रोतको दिगोपनाका लागि एक वडा एक रिचार्ज पोखरी निर्माण गर्ने पालिकाको नीति तथा कार्यक्रममा समावेश छ ।

बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.