Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

सिरानचोकको आगामी आवको बजेट ६६ करोड ३१ लाख

सिरानचोक गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८३\०८४ का लागि ६६ करोड ३१ लाख ९३ हजार रुपैँयाको अनुमानित बजेट ल्याएको छ । बुधबार आगामी आवको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै पालिकाले संघीय सरकारको वित्तीय समानिकरण अनुदानबाट १३ करोड ९ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।

Advertisement

राजस्व बाँडफाँटबाट आठकरोड ७४ लाख ५३ हजार र सशर्त अनुदानतर्फ ३२ करोड ९० लाख प्राप्त गर्ने पालिकाको अनुमान छ । यस्तै, संघको समपुरक अनुदानतर्फबाट एककरोड ७५ लाख र विशेष अनुदानतर्फबाट ८३ लाख रुपैयाँ प्राप्त गर्ने पालिकाले जनाएको छ ।

यसैगरी, प्रदेश सरकारको वित्तीय समानिकरणतर्फ एककरोड ८१ लाख १७ हजार, राजस्व बाँडफाँटतर्फबाट ९ लाख २३ हजार, समपुरक अनुदानतर्फबाट ६० लाख र विशेष अनुदानतर्फबाट ४० लाख रुपैयाँ प्राप्त गर्ने पालिकाको अनुमानित बजेटमा उल्लेख छ । आगामी आर्थिक वर्ष २०८३\०८४ मा आन्तरिक राजश्वबाट दुईकरोड १५ लाख संकलन गर्ने अनुमान गाउँपालिकाले गरेको छ । पालिकाले राजश्वको दायरा फराकिलो पार्दै एकीकृत सम्पत्तिकर, भूमिकररमालपोतकर, घरवाहलकर, नक्सा पास, ढुङ्गा, गिट्टी, बालुवा लगायतको क्षेत्रबाट आन्तरिक शूल्क बढाउने नीति लिएको छ ।

गाउँपालिकाले कर्मचारीको तलब भत्ता तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ३५ लाख रुपैँया बिनियोजन गरेको छ । यस्तै, पालिकाले आर्थिक विकास क्षेत्र, सामाजिक क्षेत्र, पूर्वाधार क्षेत्र, वन, वातावरण तथा विपद व्यवस्थापन र संस्थागत विकास तथा सुशासनका लागि एकमुष्ट ११ करोड ६९ लाख रुपैँया निनियोजन गरेको छ ।

वडागत सिलिङ रकमअन्तरगत चारकरोड ५१ लाख, पालिकाको गौरवको आयोजना, प्रशासनिक भवन निर्माण तथा अन्य महत्वपूर्ण योजनाका लागि ६ करोड ८६ लाख रुपैँया बिनियोजन भएको छ । सिरानचोकले सशर्त अनुदान कार्यान्वयनका लागि ३२ करोड ९० लाख, समपूरक अनुदान कार्यान्वयनका लागि चारकरोड ७० लाख र विशेष अनुदान कार्यान्वयनका लागि एककरोड २३ लाख रुपैँया बिनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.