Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा अफ्रिकन स्वाइनफिभरबाट सुँगुर र बंगुर मर्न थाले

गोरखामा पनि अफ्रिकन स्वाइन फिभर फैलिएको छ । बिगत दुई महिनायता यसको संक्रमणबाट दुई सयभन्दा बढी सुँगुर र बंगुर मरिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ ।

Advertisement

कार्यालय प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका–६ मानवसेवा आश्रम आसपासका किसान राजकुमार श्रेष्ठको फर्मको ८० वटा र सो नजिकैका जुना रेग्मीको फर्मको १० बंगुर मरेका छन् । त्यस्तै मान्द्रेढुंगाको धनकुमार गुरुङको एकै फर्मको ६० वटा बंगुर दुई हप्ताको अन्तरालमा मरेका छन् ।

अहिलेसम्मको तथ्यांकअनुसार गोरखा नगरपालिका वडा नं। ६, ७, ८ तथा सहिद लखन गाउँपालिका वडा नं। ७ का फर्महरुका बंगुरमा अफ्रिकन स्वाइन फिभर संक्रमण फैलिएको पाइएको छ ।

पहिचान भएको करिब दुई महिना मात्र भएको कार्यालय प्रमुख कोइरालाको भनाइ छ । ‘अहिलेसम्म उपचार पनि नभएको, खोप पनि नभएकाले संक्रमणले छोएपछि निश्चित रुपमा मर्ने गर्छन्’, उनले भने, ‘संक्रमण भएको ठाउँका मान्छेको लसपसबाट, दाना, औषधीहरुबाट पनि यो रोग सर्छ ।’

उपचार भएकाले यसबाट बच्नु नै एक मात्र समाधान भउको उनको भनाइ छ । ‘अफ्रिकन स्वाइन फिबरले धमाधम सुँगुर बंगुर मरेका जानकारीहरु आएका छन् । कुनै दर्तावाला फर्मबाट, कुनै दर्ता नभएका फर्महरु पनि भएकाले सबै जानकारी नआएको हुनसक्छ ।’ अरु कुनै पनि खोरको संसर्गबाट बच्नु नै वुद्धिमानी हुने उनको भनाइ छ ।

किसान धनकुमार गुरुङका अनुसार संक्रमणले छोएपछि ज्वरो आउने, केही पनि खाना नखाने शरीरमा धब्बा देखिने र एकसाताको बीचमा मर्ने गर्छन् ।

बुधबार, असार १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.