गन्धर्व समुदायको संस्कृतिहरु समेटिएको कृति विमोचन गरिएको छ । मनिराम गाइने स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘गन्धर्व संस्कृति कर्खा’ नामक पुस्तक आइतबार विमोचन गरिएको हो ।
मंगलप्रसाद गन्धर्वद्वारा लेखिएको सो पुस्तक गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरले विमोचन गरेका हुन् ।
प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानले उक्त पुस्तकको प्रकाश पार्दै गन्धर्व जातिको उत्पति, मनिराम गाइनेले नेपाल एकीकरणको समयमा पु¥याएको योगदान, पशुपतिनाथ, गोरखनाथ, मुक्तिनाथ, मनकामना, भैरवी देवी लगायतका देवदेवीको मंगल, राग धनसिरा, बिभिन्न राग लगायतका विषयबस्तु पुस्तकमा समेटिएको बताए ।
त्यस्तै दशैंमा गाउने मालश्री, कात्तिकमा गाउने चाँचरी, कृष्णलीला, निर्गुण, पृथ्वीनारायण शाहको, उजीरसिँह थापाको, सर्वजित रानाको, वुद्धिवल रानाको कर्खा, जंगबहादुर राणको सवाई, चन्द्र शम्सेरको सवाई, गोरखा उदय गीत, दरबार हत्याकाण्डको, इराक घटनाको, जेनजी घटनाको सवाईलगायतका विषयबस्तु पुस्तकमा समेटिएको छ ।
बिसे नगर्चीका समकालीन मनिराम गाइनेले पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानमा सारंगी रेट्दै आर्थिक संकलन गरेको तथा विभिन्न राज्यमा गएर त्यहाँको आन्तरिक सूचना पृथ्वीनारायण शाहमा पु¥याएर योगदान गरेको इतिहासमा उल्लेख छ ।



































