Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

यातायात सम्बन्धी नयाँ ऐनको मजदुर संघद्धारा बिरोध

सरकारले जारी गर्न लागेको सावारी तथा यातायात ऐन २०८३ को यातायात मजदुरहरुले बिरोध गरेका छन् ।

Advertisement

सोमवार प्रमुख जिल्ला अधिकारीमार्फत पूर्वाधार बिकास मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल स्वतन्त्र यातायात मजदुर संघ गोरखाले उक्त ऐनलाई हटाउन माग गरेको छ । ऐनका कतिपय दफा व्यवहारिक र श्रमिकमैत्री नहुने देखिएकाले यसलाई हटाउन वा परिमार्जन गर्न संघको माग छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने यो नयाँ ऐन यातायात श्रमिकमैत्री, लगानीमैत्री तथा यात्रुमैत्री हुनुपर्नेमा संघले जोड दिएको छ । ऐनको दफा ६२ अन्तर्गत तत्काल जरिवाना गर्न सक्ने प्रावधानमा न्यूनतम पाँचसय रुपैयाँदेखि एकलाख रुपैयाँसम्मको जरिवाना व्यवस्था गरिएको छ । यसले चालक तथा यातायात व्यवसायीलाई व्यवसायबाट हात धुनुपर्ने अवस्था सिर्जना गर्ने संघको ठहर छ ।

त्यसैगरी, दफा ६५ मा ज्यान मारेमा हुने सजायँ भन्ने शब्दावली प्रयोग गरी चालक ज्यानमारा हुन् भन्ने भाष्य निर्माण गरी चालकलाई अनिवार्य रूपमा जेल सजायँ हुने व्यवस्था राखिएको छ । घटनाका धेरै कारण हुनसक्ने हुँदा चालकलाई मात्र दोषी ठहर गरी कारबाही गर्ने परिपार्टी न्यायोचित नहुने संघको ठम्याइ छ ।

त्यस्तै विभिन्न मागहरु समेटिएको ध्याकर्षण पत्रमा यातायात व्यवसाय तथा सम्बद्ध व्यक्तिहरुसं छलफल गरी राय सुझाव लिएर मात्र संशोधन गर्न अघि बढ्नु पर्नेमा जोड दिइएको छ ।

मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.