Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा भिमसेन थापाको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

राष्ट्रिय बिभूति भिमसेन थापाको २५२ औं जन्मजयन्ती जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । थापाको जन्मस्थल भिमसेन थापा गाउँपालिका–७ बोर्लाङमा शनिवार एक कार्यक्रमकाबीच जन्मजयन्ती मनाइएको हो । भिमसेन थापा बोर्लाङ प्रतिष्ठानको आयोजना तथा गाउँपालिकाको समन्वयमा कार्यक्रम भएको थियो ।

Advertisement

थापाको ऐतिहासिक हवेली रहेको स्थानमा बनाइएको भिमसेन थापा स्मृति पार्कमा कार्यक्रम भएको हो । कार्यक्रममा पार्कमा रहेको थापाको शालिकमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रमको अवसरमा पार्क निर्माणका लागि जग्गा दान गर्ने व्यक्तिहरु सम्मानित भएका छन् । सम्मानित हुनेमा स्थानीय ललितजंग थापा र काजिबाबु थापा रहेका छन् । ललितजंगले १४ आना र काजिबाबुले ४ आना जग्गा निशुल्क उपलब्ध गराएको प्रतिष्ठानले जनाएको छ । उनीहरुलाई खादा ओडाएर कदरपत्रले सम्मान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष राजु थापाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बञ्जराले थापको ऐतिहासिक हवेली संरक्षण आवश्यक रहेको बताए । सो क्षेत्र संरक्षण र सम्वद्र्धनका लागि पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

प्रतिष्ठानले हरेक बर्ष थापाको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाउँदै आएको छ । थापा वंशीय परम्परा तथा त्यससँग सम्बन्धित धार्मिक एवं ऐतिहासिक सम्पदाको संरक्षणमा समेत प्रतिष्ठान लागि पर्दै आएको अध्यक्ष थापाले बताए ।

थापाको जन्मस्थल संरक्षणका लागि स्मृति पार्क, संग्रहालय, पुरातात्विक उत्खनन लगायतका कामहरु भइरहेको उनले जानकारी दिए । ‘बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने थापाहरुको बगैँचाबाट प्राप्त मुआब्जा रकमबाट ५० लाखको अक्षयकोष स्थापना गरेका छौ,’ उनले भने, ‘त्यसको ब्याजबाट संरक्षण तथा व्यवस्थापनका कार्य संचालन गर्ने व्यवस्था गरिएको छ ।’

त्यस्तै गोरखा नगरपालिका वडा नम्वर ४ स्थित भिमसेन पार्कमा पनि एक कार्यक्रमकाबीच थापाको जन्मजयन्ती मनाइएको छ । राष्ट्रिय बिभूती भिमसेन थापा प्रतिष्ठान मूल आयोजक समितिको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा पार्कस्थित थापाको शालिकमा माल्यार्पण गरिएको थियो ।

गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

 

आइतबार, साउन १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.