Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ग्यासको कालोबजारी गर्ने व्यापारीलाई तीन लाख जरिवाना

खाना पकाउने ग्यासमा कालोबजारी गर्ने बसपार्कस्थित गणेश भाँडा पसललाई तीन लाख जरिवाना तोकिएको छ ।

Advertisement

अनुचित व्यवसायिक क्रियाकलाप गरेको भन्दै प्रशासनले कारबाही स्वरूप जरिवाना तोकेको हो । उक्त रकम तिर्न सात दिनको अल्टिमेटम दिइएको छ । अनुगमन समितिको प्रतिवेदन, स्थलगत मुचुल्का र सम्बद्ध कानूनको आधारमा कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं निरीक्षण अधिकृत नेत्रप्रसाद शर्माले बताए ।

‘उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गर्ने निर्णय भयो,’ उनले भने, ‘उक्त ऐनमा बढीमा तीन लाखसम्म जरिवाना गर्न पाउने व्यवस्था छ ।’ ठगिएका उपभोक्तालाई पूरा तौल भएको ग्यास उपलब्ध गराउन पनि भनिएका उनले जानकारी दिए । उनका अनुसार व्यवसाय स्थलमा आवश्यक सुरक्षा मापदण्डसहित सीसीटीभी जडान गर्न निर्देश गरिएको छ । कारबाही चित्त नबुझे पुनरावेदन गर्न पाउने उनले बताए ।

‘हामीले गरेको कारबाही चित्त नबुझे उहाँले पुनरावेदन गर्न पाउनुहुन्छ, त्यसका लागि हामीले तोकेको जरिवाना रकमको ५० प्रतिशत अर्थात् डेढ लाख रकम धरौटी राख्नुपर्छ,’ उनले  भने । सिल गरिएको सिलिन्डरबाट ग्यास चोरेर बिक्री वितरण गरेको भन्ने उपभोक्ताको गुनासो पश्चात उक्त सप्लायर्सको बाह्रकिलोस्थित गोदाम अनुगमन भएको थियो ।

अनुगमनको क्रममा ग्यास चोरेर बिक्री गर्ने गरेको खुलेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । ‘एउटा सिलिन्डरबाट कम्तीमा चार केजी ग्यास चोर्ने गरेको पाइयो, ग्यास चोर्न प्रयोग हुने धातुको सुइरो समेत हामीले त्यहाँबाट बरामद गरेका थियौं,’ शर्माले भने ।

आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.