Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

हिमालवासीको जीवनरक्षाको माग गर्दै मनास्लु बेस क्याम्पमा आमरण अनसन सुरु

हिमाली क्षेत्रका स्थानीयको जीवन रक्षाको माग गर्दै मनास्लु बेस क्याम्पमा आमरण अनसन सुरु भएको छ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँ बस्ने धावा नुर्वु लामा नेतृत्वको दश जना टोलि शुक्रवारबाट समुद्री सतहबाट करिव ४ हजार ८ सय मिटर उचाइमा अनसन बसेका हुन् ।

Advertisement

जलवायु परिवर्तनका कारण हिमतालहरु फुट्ने जोखिम बढेकाले बेलैमा त्यसतर्फ उचित कदम चाल्न सरकारलाई उनीहरुले सचेत गराएका छन् । उत्तरी गोरखास्थित बिरेन्द्रताल (सामागाउँ), कालताल (प्रोक), हरियो ताल (पुगेन) लगायतका जोखिमयुक्त हिमतालहरुको मापन गरि भविष्यमा हुनसक्ने बिष्फोटको जोखिम अध्ययन गर्न उनीहरुले सरकारलाई आग्रह गरेका छन् ।

‘सन् २०२६ र २०२७ मा विश्वव्यापी तापक्रम बृद्धि भई हिमनदीहरुलाई तिव्र रुपले पगाल्ने छ र यसको असर ताल तथा नदीहरुमा देखिन्छ,’ लामाले भने, ‘सन् २०२७ मा यसको असर बढी हुने र यही कारणले कहिले अत्याधिक बर्षा त कहिले सुख्खा तथा तापक्रम बढ्ने हुदाँ विपदको पूर्व तयारी र न्यूनिकरणका उपायबारे नेपाली जनतालाई सुसुचित गराउन आवश्यक छ ।’ नेपालको मानव वस्ती नजिकै रहेको चीनतर्फको हिमतालहरुको दुवै देशका संयन्त्रहरुले संयुक्त अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

विपदको पुर्व सूचना दिने गरी ठाउँठाउँमा साइरन जडान गर्नुपर्ने उनको माग छ ।

मनास्लु क्षेत्र र चुम उपत्यकामा रहेको हिमतालहरुको हवाई अनुगमन गर्न समेत उनले सरकारसमक्ष माग गरेका छन् । विश्वव्यापी वातावरणीय प्रभाव फैलाउने बिकसित राष्ट्रहरुबाट नेपालले पाउनुपर्नै क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न सरकारलाई उनले आग्रह समेत गरेका छन् । प्रत्येक हिमाली क्षेत्रका सामुदायिक बिद्यालयहरुको पाठ्यक्रममा जलवायु परिवर्तनको असरसम्बन्धी बिषय समावेश गर्न समेत उनीहरुको माग राखेका छन् ।

माग पूरा नभएसम्म अनसन नतोड्ने उनीहरुको अडान छ ।

शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.