
बैशाख ११, गोरखा । गोरखा जिल्ला फुटवल संघको शनिवार हुने भनिएको अधिवेशन स्थगित गरेको भन्दै मताधिकार प्रतिनिधीले असन्तुष्टी जनाएका छन् । शनिवार पत्रकार सम्मेलन गर्दै उनीहरुले संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सुनियोजित ढंगले अधिवेशन स्थगित गरेको आरोप लगाएका छन् ।
‘चैत्र २९ गते बोर्ड मिटिङ बसेर यही बैशाख १० गते अधिवेशन गर्ने निर्णय भएको थियो,’ संघका महासचिव समेत रहेको बिशाल गुरुङले भने, ‘तर आज अध्यक्ष सहित कार्यसमितिका अन्य पदाधिकारीहरु आउनु भएन ।’ अन्यलाई अधिवेशन स्थगित गरेको जानकारी गराएका अध्यक्षले आफूहरुलाइ भने शनिवार बिहानसम्म केही जानकारी नगराएको भन्दै उनले आक्रोश व्यक्त गरे ।
उनले भने, ‘अधिवेशन स्थलमा आएर हामीले फोन गर्दा लोकेसन ढाट्नुभयो, अनि अनौपचारिक रुपमा हामीले अधिवेशन स्थगित भएको जानकारी पायौ, यसको हामी .भत्र्सना गर्छाै ।’ अध्यक्ष एकलौटी ढंगले अघि बढेको र आफू अल्पमतमा पर्ने डरले अधिवेशन स्थगित गरेको उनीहरुको आरोप छ ।
संघमा आवद्ध ११ क्लबमध्ये ६ वटा क्लबले शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै यस्ता कदम बिरुद्ध एकवद्ध भएर लड्ने बताएका छन् ।



































