बैशाख २७, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा दुई दिन बन्द हुने भएको छ ।
मंगलवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले वुधवार र बिहीवार नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र र सिफारिस सम्बन्धी सेवा बन्द हुने जानकारी गराएको छ ।
कार्यालयका कर्मचारी स्थानीय तह निर्वाचनको मतदान कार्यमा खटिनुपर्ने भएकाले सेवा बन्द गरिएको बताइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































