३० वैशाख। निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो खिच्न दिएको आरोपमा मतदान अधिकृतलाई समेत स्पष्टीकरण सोधेको छ ।
आयोगले गोरखाको पालुङटार नगरपालिका अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई स्पष्टीकरण सोधेको हो । ‘निज डा. बाबुराम भट्टराईले फोटो लिने सामग्री मोबाइल वा क्यामेरा लैजाँदा के कति कारणले सम्बन्धित मतदान अधिकृतले फोटो लिने सामग्री लानबाट रोक्नु भएन’ स्पष्टीकरणमा भनिएको छ |
मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगेर मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन निजलाई तत्काल कारवाही भएन भनेर आयोगले साँचो विवरण खुलाई यथाशीघ्र प्रतिवेदन पठाउन आयोगले भनेको छ ।
डाक्टर भट्टराईले मतदान गरेको मतपत्रको फोटो सार्वजनिक गरेका थिए । यसबारेमा आयोगले भट्टराईलाई पनि स्पष्टीकरण सोधिसकेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































