बैशाख ३०, गोरखा । भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बिच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मतदान केन्द्रमा खटिएकी स्वयमसेविका मनिषा थापा घाइते भएकी छन् । उनको तिघ्रामा गोली लागेको र उपचारको लागी अस्पताल लगिएको सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले बताए ।
‘माओवादी र कांग्रेस कार्यकर्ताहरु हानाहान गर्दै मतपेटिका राखेको कोठामै छिरेपछि स्थितीलाई नियन्णमा फायर खोल्दा थापाको खुट्टामा लागेर घाइते भएकी हुन् ।’ मतपेटिका भने सुरक्षित रहेको सहायक निर्वाचन अधिकृत अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































