२ जेठ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लोक प्रसाद बञ्जरा बिजयी भएका छन् ।
प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका रोशन गुरुङलाई ४७५ मत अन्तरले हराउदै बञ्जरा बिजयी भएका हुन् ।
बञ्जराले ५ हजार ६५१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गुरुङले ५ हजार १७६ मत ल्याए । उपाध्यक्षमा नेपाली कांग्रेसकी अमृता देवी वस्ती निर्वाचित भएकी छन् ।
उनले ५ हजार १४७ मत ल्याएकी छन् भने उनकी प्रतिस्पर्धी उम्मेदवार माओवादी केन्द्रकी जुनुमाया श्रेष्ठले ४ हजार ९२७ मत ल्याएकी छन् ।
आठ वटा वडा रहेको उक्त पालिकामा माओवादी केन्द्रले पाँच र कांग्रेसले तीन वडा जितेको छ । वडा नम्वर १, ५, ६, ७ र ८ माओवादी केन्द्र र वडा नम्वर २, ३ र ४ कांग्रेसले जितेको निर्वाचन अधिकृतको कार्यालयृले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































