५ जेठ, गोरखा । गोरखाको सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा ज्ञानेन्द्र गुरुङ र उपाध्यक्षमा रिता देवकोटा निर्वाचित भएका छन् ।
गुरुङले ५ हजार ४०३ मत ल्याएका छन् भने देवकोटाले ४ हजार ८०४ मत ल्याएकी छन् । गुरुङका प्रतिस्पर्धी उम्मेदवार माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १६८ मत ल्याए ।
उपाध्यक्षमा देवकाटाकी प्रतिस्पर्धी उम्मेदवार माओवादी केन्द्रकी पूर्ण कुमारी ढकालले ३ हजार ९०२ मत ल्याइन् । देवकोटा यसअघिको निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
आठ वडा रहेको उक्त पालिकामा पाँच वडा कांग्रेस र तीन वटा माओवादीले जितेको हो । वडा नम्वर १,२,३,४,८ मा कांग्रेस र ५,६,७ मा माओवादी बिजयी भएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































