६ जेठ, गोरखा । गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । लामाले १ हजार ६२४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका धन बहादुर गुरुङले १ हजार ३११ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा निर्वाचित माओवादीकी गुरुङले १ हजार ५६५ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी मातेको छोकी लामाले १ हजार ३०७ मत ल्याएकी छन् ।
सात वटा वडा रहेको उक्त गाउँपालिकामा पाँच वडा नेपाली कांग्रेस र दुई वडा माओवादीले जितेको हो । वडा नम्वर १,२,४,५,७ मा कांग्रेस र ३,६ मा माओवादी बिजयी भएको हो ।
वडा नम्वर ६ को अध्यक्षमा माओवादी केन्द्रका सरोज लामा सर्वसम्मत विजयी भएका हुन् । अध्यक्षमा उनको मात्र एकल उम्मेदवारी परेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































