६ जेठ, गोरखा । बाढीको समयमा नदी नालामा माछा मार्न, पौडी खेल्न र काठ दाउरा संकलन गर्न नपाइने भएको छ । मनसुनजन्य विपदका घटना न्यूनिकरणका लागी जिल्ला प्रशासन कार्यालयले त्यस्ता कार्यलाई निषेध गर्ने निर्णय गरेको हो ।
बाढी पहिरो र डुवानमा पर्ने जोखिमयुक्त स्थान र वस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागी आवश्यक व्यवस्थापन तथा सहजिकरणका लागी प्रशासनले सबै पालिकालाई अनुरोध समेत गरेको छ ।
खानेपानी, कपडा औषधी लगायतका अत्यावश्यक सामग्री पनि तयारी अवस्थामा राख्न प्रशासनले सम्बन्धित पालिका र निकायहरुलाइ आग्रह गरेको छ ।
आपतकालिन प्रतिकार्यका लागी आवश्यक सामग्री सहित खोज तथा उद्धार कार्यमा तत्काल खटिन सक्ने गरी तयारी अवस्थामा जिल्लाका सुरक्षा निकायलाई प्रशासनले निर्देशन समेत दिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































