Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा बिरासत जोगाउन कांग्रेस किन असफल ?

६ जेठ, गोरखा । गोरखाको एघार वटै पालिकामा स्थानीय तह निर्वाचनको नजिता सार्वजनिक भइसक्यो । नौ पालिकामा माओवादी केन्द्र विजयी बनेको छ । बाँकी दुईमा मात्र नेपाली कांग्रेस निर्वाचित बन्यो । यसअघिको स्थानीय तह निर्वाचनको नजिता भन्दा यसपटक ठीक उल्टो परिणाम आयो ।

Advertisement

२०७४ सालको स्थानीय चुनावमा नौ पालिका जितेको कांग्रेस यसपटक दुई पालिकामा खुम्चियो । दुई पालिका जितेको माओवादी केन्द्रले भने छलाङ मार्दै नौ पालिकामा जित हासिल ग¥यो । २०७४ सालको स्थानीय चुनावमा बहुमत पालिका जितेको कांग्रेस यसपटक भने ओरालो लाग्यो । कांग्रेसकै पकड रहेका पालिकाहरुमा पनि जित हासिल गर्न सकेन । फराकिलो मतान्तरले पछि प¥यो ।

१ हजार ५३४ मत अन्तरले गत निर्वाचनमा गोरखा नगरपालिकाको मेयर पद जितेका कांग्रेसका राजनराज पन्त यसपटक भने माओवादीसँग १ हजार ८५६ मत अन्तरले पराजित भए । रानाले आठ हजार ९६४ मत पाएर निर्वाचित हुँदा निवर्तमान मेयर पन्तले ७ हजार १०८ मत मात्र पाए ।

डा. बाबुराम भट्टराईको गृह नगर पालुङटारमा गत निर्वाचनमा पहिलो बनेको कांग्रेस यसपटक तेस्रो बन्यो । २०७४ मा माओवादी केन्द्रका विवश चिन्तनलाई २ सय ७९ मतान्तरले पछि पार्दै कांग्रेसका दिपक बाबु कडेल विजयी भएका थिए । तर अहिले १ हजार ७५ को फराकिलो मतान्तरले कडेललाई पराजित गर्दै चिन्तन मेयरमा निर्वाचित बने । चिन्तन ६ हजार ७२ मत ल्याएर विजयी बने भने कडेल ४ हजार ९९७ मत प्राप्त गरेर तेस्रो बने । प्रतिस्पर्धीको रुपमा रहेको जनता समाजवादी पार्टीका प्रेम बहादुर गुरुङले ५ हजार ७१७ मत ल्याए ।

भीमसेन थापा गाउँपालिकामा २०७४ सालमा कांग्रेस उम्मेदवार ईश्वर पाण्डे ९ सय ५९ को मतान्तरले निर्वाचित भएका थिए । यसपटक कांग्रेस उम्मेदवार रोशन गुरुङ माओवादी केन्द्रका उम्मेदवार लोकप्रसाद बञ्जरासँग ४ सय ७५ मतान्तरले पराजित भए ।

धार्चे गाउँपालिकामा यसपटक कांग्रेसले लज्जास्पद हार व्यहोर्नु प¥यो । गत निर्वाचनमा पालिका अध्यक्ष उपाध्यक्ष सहित तीन वटा वडा जितेको कांग्रेस यसपटक ‘क्लिनस्विप’ भयो । पालिका अध्यक्ष उपाध्यक्ष मात्र होइन कुनै पनि वडामा जित हासिल गर्न सकेन । गत चुनावमा १ हजार ७०७ मत ल्याएर अध्यक्ष जितेका कांग्रेसका सन्त बहादुर गुरुङ यसपटक माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण गुरुङसँग १ हजार ८२५ को फराकिलो मतान्तरले पराजित भए ।

गण्डकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित माओवादीका दिपक तिमिल्सिनाले कांग्रेसका रानालाई १ हजार ६७१ मतान्तरले पछि पारे । ६ हजार ३२६ मत ल्याएर विजयी बनेका तिमिल्सिनासँग प्रतिस्पर्धा गरेका रानाले ४ हजार ६५५ मत मात्र प्राप्त गरे । २०७४ सालको चुनावमा २ सय ८१ मत अन्तरले माओवादीलाई हराउदै कांग्रेसका राना अध्यक्षमा निर्वाचित भएका थिए ।

गत निर्वाचनमा अजिरकोट गाउँपालिकामा ३ सय ३१ मतले माओवादी केन्द्रलाई हराएको कांग्रेस यसपटक ४ सय ९८ मतले पराजित बन्यो । ३ हजार ७८७ मत ल्याएर विजयी बनेका माओवादीका दिपक देवकाटाको प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द गुरुङले ३ हजार २८९ मत ल्याएर पराजित भए ।

गत निर्वाचनमा कांग्रेसले जितेको चुमनुव्री गाउँपालिकामा पनि यसपटक माओवादीले बाजि मा¥यो । गत चुनावमा ६८ मतले अध्यक्ष जितेका कांग्रेसका धन बहादुर गुरुङ यसपटक भने ३ सय १३ मतले माओवादीका निमा लामासँग पराजित बने । लामाले १ हजार ६२४ मत ल्याए भने गुरुङले १ हजार ३११ मात्र ।

पालिका मात्र होइन कांग्रेसले यसअघिको चुनावमा जितेको वडाहरु पनि यसपटक सुरक्षित गर्न सकेन । २०७४ सालको चुनावमा ४५ वडा जितेको कांग्रेस यसपटक ३७ वडामा खुम्चियो । ३० वडा जितेको माओवादीले भने ४३ वडामा जित हासिल ग¥यो । यसअघिको चुनावमा जित हासिल गरेको गोरखा नगरपालिकाका केही वडाहरु पनि कांग्रेसले यसपटक गुमाउनुप¥यो । २०७४ सालको चुनावमा जितेको वडा नम्वर ४,५,६ र ८ मा यसपटक कांग्रेस पराजित भयो । कुल १४ वडामध्ये यसपटक कांग्रेसले ६ वडामा जित हासिल ग¥यो । गत चुनावमा कांग्रेसले आठ वडा जितेको थियो ।

आन्तरिक कलहको प्रभाव
आन्तरिक कलहका कारण कांग्रेसले यसपटक अनपेक्षित हार व्यहोर्नुपरेको पार्टीका कार्यकर्ता एवं जिल्ला स्तरका नेताहरुको निष्कर्ष छ । उम्मेदवार छनोट र टिकट वितरणमा असमानता पनि चुनाव हार्नुको अर्काे कारण भएको कार्यकर्ताहरु बताउँछन् ।

‘उम्मेदवार छनोटमा पार्टी नेतृत्वको दम्भ देखियो,’ नाम नखुलाउने शर्तमा एक कार्यकर्ताले भने, ‘पहुँच र पैसाको आडमा टिकट वितरण हुदाँ यस्तो नतिजा आएको हो ।’ चुनावमा सबै संयन्त्रलाई राम्रोसँग परिचालन गर्न नसक्नु पनि पार्टीको कमजोरी रहेको उनले बताए । फितलो चुनावी रणनीति र अलोकप्रिय उम्मेदवार नै हारको प्रमुख कारण रहेको उनको भनाइ छ ।

कांग्रेसकै कार्यकर्ताबाट असहयोग भएका कारण चुनाव हारेको पार्टी सभापति नन्द प्रसाद न्यौपाने बताउँछन् । संगठनको हिसाबले मतसंख्या बढेपनि भोट क्रस भएका कारण नतिजा सकारात्मक नआएको उनको भनाइ छ ।

‘वडा र पालिकामा कांग्रेसकै साथीहरुबाट सहयोग भएन,’ उनले भने, ‘हामी बलियो भएको पालिका र वडामा पनि हार्नु भनेको भोट क्रस भएको हो भन्ने हो ।’ टिकट वितरणमा भएको असमानताका कारण चुनाव हारेको भन्ने कुरा भने उनले स्वीकार गर्न चाहेनन् ।

‘ओभर कन्फिडेन्ट’ को असर
अघिल्लो चुनावमा नौ पालिका जितेको कांग्रेस यसपटक पनि कम्तीमा सात वटा पालिकामा जित सुनिश्चित हुनेमा ढुक्क थियो । त्यही ‘ओभरकन्फिडेन्ट’ का कारण पनि चुनाव हारेको कतिपयको बिश्लेषण छ । ‘अधिकांश पालिका जित्छौं भन्ने दम्भले गठवन्धनका लागि पनि कांग्रेस लचक थिएन,’ कांग्रेसका जिल्लास्तरका एक नेता भन्छन्, ‘ओभरकन्फिडेन्ट बढी भयो, चुनावी प्रचार प्रसार अभियानमा पनि सबै संयन्त्रलाई परिचालन गर्न सकेन, त्यसको परिणाम अहिले देखियो ।’

टिकट वितरणको किचलो
गोरखा नगरपालिकाको मेयरमा कांग्रेस यसपटक पराजित हुनुमा टिकट वितरणमा भएको किचलो पनि एक प्रमुख कारण मानिएको छ । कांग्रेसको गण्डकी प्रदेश समितिले विश्वदेव श्रेष्ठलाई मेयरको टिकट दिने निर्णय गरेसँगै केही असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला मात्र लगाएनन्, श्रेष्ठ माथि हातपात समेत गरे ।

केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको दबावमा गण्डकी प्रदेश समितिले गरेको निर्णयलाई उल्ट्याउने केन्द्रीय समितिले पन्तलाई टिकट दिलाएको जिल्लामा कांग्रेसभित्र चर्चा छ । टिकट नपाएपछि उनीहरुले देखाएको उग्र व्यवहारले कांग्रेस भित्रै तिक्तता बढ्यो । जसका कारण कांग्रेसले आफ्नो पकड रहेको नगर मात्र हारेन, वडाहरुमा पनि पराजित बन्न पुग्यो । उदाहरणका लागि कांग्रेसको पकड रहेको वडा नम्वर ६ मा स्वतन्त्र उम्मेदवार विजयी बने । अन्य पालिकाको टिकट वितरणमा पनि असमानता भएको भन्दै कार्यकर्ताहरु नै रुष्ट छन् ।

गठवन्धनको केही प्रभाव
कांग्रेसको हारमा गठवन्धनको पनि केही प्रभाव हुनसक्छ । उदाहरणका लागि गोरखा नगरपालिकाको मेयर उपमेयर र गण्डकी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र र जनता समाजवादीबीच तालमेल भएको थियो । पालुङटार नगरपालिकामा जसपा र एमालेबीच तालमेल भएको थियो । तर कांग्रेसले भने सबै पालिकामा कुनै दलसँग चुनावी गठवन्धन गरेको थिएन । त्यसको पनि केही प्रभाव हुनसक्ने अनुमान गरिएको छ ।

शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.