Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गण्डकी गाउँपालिकाको प्रशासकीय र वडा भवनका लागी आब्हान गरिएको ठेक्का रद्ध

८ जेठ, गोरखा । गण्डकी गाउँपालिकाको प्रशासकीय भवन सहित वडा नम्वर ६ र ८ को भवन निर्माणका लागी आब्हान गरिएको ठेक्का रद्ध गरिएको छ । आइतवार राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै गाउँपालिकाको कार्यालयले उक्त ठेक्का रद्ध गरिएको जानकारी गराएको हो ।

Advertisement

गत बैशाख ९ गते गाउँपालिकाले ई–बिडिङ मार्फत ठेक्का आव्हान गरेको थियो । तर नवनिर्वाचित जनप्रतिनिधी आएसँगै उक्त ठेक्का रद्ध गरिएको छ । गाउँपालिकाको कार्यालयले यही जेठ ६ गते ठेक्का रद्ध गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले बताए ।

‘पहिलेको जनप्रतिनिधी हुदाँ ठेक्का आब्हान भएको थियो,’ उनले भने, ‘बैशाख ३० गतेको चुनावबाट निर्वाचित भएर आउनुभएका अध्यक्षले अहिलेलाई यो ठेक्का रद्ध गर्ने भन्नुभयो, त्यही अनुसार निर्णय गरेका हौ ।’ आर्थिक स्रोत व्यवस्थापनको ग्यारेन्टी नभएका कारण ठेक्का तत्कालका लागी स्थगित गर्ने निर्णय भएको उनले जानकारी दिए ।

‘भवन निर्माणका लागी करिव १२ करोडको टेण्डर आब्हान गरेका थियौ, तर यस बर्ष गाउँपालिकाले ३ करोड ८५ लाख रकम मात्र छुट्याएको छ, बाँकी रकम ग्यारेन्टी नभएकाले तत्काललाई ठेक्का रद्ध गर्न अध्यक्षले भनेपछि रोकेका हौ,’ उनले भने ।

आवश्यक छलफल र समन्वय गरेर रकमको स्रोत सुनिश्चित गरेपछि मात्र भवन ठेण्डर प्रक्रिया अगाडी बढाउने तयारी भएको उनले जानकारी दिए ।

आइतबार, जेठ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.