Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

इन्धनको मूल्यमा भारी वृद्धि, अब एक लिटर पेट्रोलको १८० रुपैयाँ

८ जेठ। नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

Advertisement

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्याँसका लागि १८०० रुपैयाँ पर्नेछ । हवाई इन्धन ९आन्तरिकतर्फ० को मूल्य पनि बढेको छ । १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।

मूल्यवृद्धि अस्वीकार्य : तीन विद्यार्थी संगठन

एक सातै दोस्रो पटक पेट्रोलियम पदार्थमा भएको भारी मूल्य बृद्धिप्रति प्रमुख विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसम्द्ध बिद्यार्थी संगठनले एक सातामा दुई पटक भएको मूल्य वृद्धि फिर्ता लिन सरकारलाई आग्रह समेत गरेका छन् । मूल्य वृद्धि फिर्ता नभए निर्णायक र शसक्त आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले सरकारले निर्वाचन लगत्तै जनतालाई झुक्याएर भारी मात्रामा गरिएको मूल्यबृद्धि अस्वीकार्य भएको बताइन् । ‘जनताको जीवनयापनमा गम्भीर असर गर्ने गरी मूल्य बढाइएको छ, उनले भनिन्, मूल्य वृद्धि तत्काल फिर्ता नभए सोमबारदेखि कडा आन्दोलन हुन्छ ।’

समाजवादी विद्यार्थी संगठनका अध्यक्ष रुपनारायण श्रेष्ठले गठबन्धनका नाममा जनतामाथि निर्मम ढंगबाट मूल्यवृद्धि थोपरिएको बताए । “सोमबार नै संयुक्त बिद्यार्थीको बैठक बस्छ र आन्दोलनका कार्यक्रम तय हुन्छ ” उनले भने ।

सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले पनि पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोध जनाएको छ । क्रान्तिकारीकि अध्यक्ष पञ्चा सिंहले मूल्य वृद्धि कुनै हालतमा स्वीकार्य नहुने बताइन् । मूल्य वृद्धि बिरुद्ध कडा आन्दोलन गर्ने भन्दै उनले आयल निगमलाई तत्काल मूल्यबृद्धि फिर्ता लिन आग्रह गरिन् ।

सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.